बुद्ध एयरले भूकम्प प्रभावितका लागि एक करोड सहयोग गर्ने

बुद्ध एयरलाइन्सले भूकम्प प्रभावितहरुका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण घाईते नागरिकको उद्दार तथा राहतका लागि बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने जनाएको हो ।
आफ्नो आधिकारिक फेसबुक पेज मार्फत सूचना जारी गर्दै बुद्ध एयरले रकम सहयोगका साथै उद्धार तथा राहत सामाग्री ढुवानीमा समेत सहयोग गर्ने प्रतिवद्दता जनाएको छ ।






