भूकम्प प्रभावित क्षेत्रमा ८४ जना स्वास्थ्यकर्मी परिचालित

जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावित क्षेत्रमा ८४ जना स्वास्थ्यकर्मीहरु परिचालित भएका छन् ।

स्वास्थ्य सेवा निर्देशनालयले दिएको जानकारीका अनुसार प्रदेश अस्पतालबाट एक जना विशेषज्ञ डाक्टर सहितका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको हो ।

प्रदेश अस्पतालबाट विशेषज्ञ सहित सात जना, दैलेख अस्पतालबाट सात जना, मेहलकुना अस्पतालबाट दुई जना, सल्यान अस्पतालबाट नौं जना, डोल्पाबाट चार जना, प्रदेश आर्युवेदबाट दुई जना, वीरेन्द्रनगर नगरपालिकाबाट १० जनाको समुह जाजरकोट र रुकुम पश्चिमका क्षेत्रमा घटाइएको छ ।

त्यसैगरी रुकुम अस्पतालबाट तीन जना, देउती अस्पतालबाट तीन जना, लुम्बिनी प्रदेशबाट २६ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आठ जना र नेपालगञ्ज मेडिकल कलेजबाट तीन जना चिकित्सक सहितका टोली भूकम्प प्रभावित क्षेत्रमा खटाइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा ८४ जना स्वास्थ्यकर्मी परिचालित

भूकम्प क्षति अपडेटः घाईतेको संख्या २२४ पुग्यो

भूकम्प प्रभावित क्षेत्रमा ८४ जना स्वास्थ्यकर्मी परिचालित

बुद्ध एयरले भूकम्प प्रभावितका लागि एक करोड