भूकम्प क्षति अपडेटः घाईतेको संख्या २२४ पुग्यो

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाईते हुनेहरुको संख्या दुई सय २४ जना पुगेको छ ।

स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको तथ्यांक अनुसार भुकम्पमा परी घाईते हुनेहरुको विवरणमा शनिवार १२:२० बजेसम्मको तथ्यांकमा दुई सय २४ जना घाईते भएको जनाइएको छ ।

घाईते हुनेहरुमा नलगाड नगरपालिकामा ४५ जना, बारेकोट गाउँपालिकामा नौं जना, कुशे. गाउँपालिकामा पाँच जना रहेका छन् । बारेकोट गाउँपालिकामा भूकम्पका कारण प्राथमिक स्वास्थ्य चौकीका भवनहरु समेत पूर्ण रुपमा क्षति पुगेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलले जानकारी दिए ।

रुकुम पश्चिम क्षेत्र तर्फ पनि सानीभेरी गाउँपालिकामा ७० जना, चौरजहारी नगरपालिकामा २५ जना र आठबिसकोट नगरपालिकामा ७० जना घाईते भएको तथ्यांक छ । घाईतेहरु मध्ये हालसम्म १० जनालाई उद्दार गरिसकिएको कँडेलले जानकारी दिए ।

हालसम्म जाजरकोटको शिवालय गाउँपालिकामा भएको भूकम्पको क्षति विवरण भने आईसकेको छैन । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हालसम्म रुकुम पश्चिम र जाजरेकाटमा गरी कुल एक सय ३९ जनाको मृत्यु भईसकेको पुष्टी भएको छ ।

भूकम्प क्षति अपडेटः घाईतेको संख्या २२४ पुग्यो

भूकम्पले जुम्लामा समेत क्षतिः पाँच जना सामान्य

भूकम्प क्षति अपडेटः घाईतेको संख्या २२४ पुग्यो

भूकम्प प्रभावित क्षेत्रमा ८४ जना स्वास्थ्यकर्मी परिचालित