भूकम्पले जुम्लामा समेत क्षतिः पाँच जना सामान्य घाइते, दर्जनौं घर चर्किए

जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन् ।

स्थानीय प्रशासनको प्रारम्भिक जानकारी अनुसार तातोपानी गाउँपालिका–३, बाहुनवाडा निवासी २६ कि सिर्ज ना गौतमको हातमा सामान्य चोट र निजको छोरा बर्ष ११ महिनाको आयुष गौतमको आँखामा चोट लागेको छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार तातोपानी गाउँपालिका–३ निवासी १४ वर्षिय निराजन उपाध्यायको हातमा चोट लागेको, तिला गाउँपालिका–३ दानीवाडा, निवासी ११ वर्षिय सपना थापा सामान्य घाइते र तातोपानी गाउँपालिका–४ हरि बहादुर खत्रीको सुतेको बेला घरको पर्खाल खस्दा उनी भाग्ने क्रममा खुट्टामा चोट लागेको छ ।

स्थानीय प्रशासनका अनुसार तिला गाउँपालिका वडा न ३, ५ र ९ स्थित केही घर तथा बिद्यालयका भवनहरु चर्केको र चन्दननाथ नगरपालिका–८ निवासी ४६ वर्षिय को बिष्णु महतको तीन तले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरु कोठा चर्किएको छ ।

घाइतेहरुको उपचार सामान्य भएको हुदा घरमै प्रथामिक उपचार गरिएको र १३ महिनाको आयुस गौतमकोे स्वास्थ्य चौकीमा उपचार भैरहेको उनले जानकारी दिए । यसैगरी जिल्लाका गाउँ गाउँबाट भुकम्पले घरहरु चर्किएका खबरहरु आएका छन् । जिल्लाको हिमा गाउँपालिका– १ बड्की गाउँमा धिरबहादुर शाही, पदमबहादुर शाही, राजबहादुर शाहीको घर चर्किएको स्थानीय रुगुविना शाहीले बताइन् ।

जुम्ला जिल्लाको अवस्था मानवीय क्षेति तथा कुनै ठूलो भौतिक क्षेति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए । उनले भने, ‘एकिन तथ्यांकका लागि प्रहरी परिचालित गरिएको छ । गएराति ११ वजेर ४८ मा जाजरकोट केन्द्रविन्दु बनाएको ६.४ म्याग्निच्यूटको भुकम्पले जुम्लामा पनि धेरै हल्लाएपछि रातभर केही मानिसहरु सड्कमा आगोवालेर जागराम पनि गरेका थिए ।’

भूकम्पले जुम्लामा समेत क्षतिः पाँच जना सामान्य घाइते, दर्जनौं घर चर्किए

भूकम्पः मृतकको संख्या १३६ पुग्यो, १४० घाइते

भूकम्पले जुम्लामा समेत क्षतिः पाँच जना सामान्य घाइते, दर्जनौं घर चर्किए

भूकम्प क्षति अपडेटः घाईतेको संख्या २२४ पुग्यो