पर्यटन प्रवर्द्धनका लागि ‘रारा म्याराथन’

सर्खेत । कर्णालीकाे पर्यटन प्रवर्द्धनका लागि ‘रारा म्याराथन’पर्यटन प्रवद्र्धनका लागि यहि बैशाख २२ गते अन्तरालको आयोजनामा ‘रारा म्याराथन’ हुने भएको छ । स्वर्गको उपमा पाएको मुगुको राराताल किनारबाट सुरुहुने प्रतियोगिता मुगुको मुर्मा टप, मुर्मा गाउँ हुँदै चुचेमारा हिमालको करिव ४ हजार १ सय मिटरको सल्लेरी पुगेर पुन राराताल पुगेर समापन हुनेछ । यसको कुल लम्बाई १५ किलोमिटर रहेको छ । ‘रारा म्याराथनले पश्चिम नेपालमा खेलकुदको सम्भावनालाई त उजागर गर्ने नै छ,’ म्याराथनका अध्यक्ष जयनारायण शाहले भने, ‘बुद्ध पूर्णिमाका दिन सुन्दर रारातालबाट भाइचारा र विश्वशान्तिको सन्देश पनि दिनेछ ।’

अध्यक्ष शाहले म्याराथनबाट कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदका लागि सकारात्मक सन्देश दिने बताए । यस्तै कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले रारा म्याराथन कर्णालीको खेलकुद विकासमा एउटा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । ‘हामी दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिरहेका बेला हुन लागेको रारा म्याराथनलाई परिषदले पुर्ण रुपमा सघाउनेछ,’ सदस्य सचिव सञ्ज्यालले भने, ‘रारामा राष्ट्रिय, अन्तराष्ट्रिय धावक र पाहुनाहरुलाई स्वागत गर्न कर्णालीमा खेलकुद परिषद् आतुर छ।’

तपाईको प्रतिक्रिया