मुख्यमन्त्री राजकुमार शर्मालाई कांग्रेसले विश्वासको मत दिने

सुर्खेत । नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारलाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको नवौं अधिवेशनको नवौं बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले संविधानको धारा १८८ (२) बमोजिम संसदमा विश्वासको मत छ भनि राखेको प्रस्तावमा कांग्रेसले विश्वासको मत दिने भएको हो ।

‘सरकार बहुमत मै छ, किन विश्वासको मत दिने भन्ने पनि लागेको छ, तर सरकार प्रमुखको फोन, पार्टी प्रमुखको फोनले जे भए पनि विश्वासको मत दिउँ जस्तो लाग्छ ।’ संसदीय दलका नेतासमेत रहेका निर्वतमान मुख्यमन्त्री जीवनबहादुर शाहीले भने, ‘बहुमत हुँदा पनि उति बेलै मैले भनेको थिए, सरकारलाई संकट परेका बेला हामी छदैछौं ।

अब यो सरकार ढलेको हो की, संकटमा परेको हो, या सरकार छदैछ केही छैन । तर, यदि सरकार संकटमा परेको हो भने म दलको नेताको हिसाव र मेरो संसदीय दलले सकारात्मक सोच्नेछौं ।’

गत माघ ६ गते नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकिकृत समाजवादीको समर्थनमा बनेको कर्णाली प्रदेश सरकार राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन ।

तपाईको प्रतिक्रिया