कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो चार मन्त्रीको नाम, पूर्णबहादुरलाई उपप्रधानसहित रक्षामन्त्रीकाे जिम्मेरवारी

काठमाडाै‌ । नेपाली कांग्रेसले पहिलो चरणमा चार जनालाई सरकारमा पठाउने भएको छ ।

सभापति शेरबहादुर देउवाले कांग्रेसबाट चार जना मन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् । कांग्रेसबाट सरकारको नेतृत्व गर्दै उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षामन्त्री बन्ने भएका छन् ।

यसैगरी, डा.प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ पनि मन्त्री बन्दैछन् । महतले अर्थमन्त्री, रिजाल उद्योग र गुरुङ शहरी विकासमन्त्री बन्नेछन् । सभापति देउवानिकट स्रोतका अनुसार अन्तिम समयसम्म केही मन्त्रीको मन्त्रालय परिवर्तन हुने सम्भावना पनि रहेको छ ।

कांग्रेसको शेखर कोइराला समूहले तीन मन्त्री नपाएसम्म सूची नदिने बताएपछि शुक्रबार पहिलो चरणमा चार जनालाई मात्रै सरकारमा पठाउन लागिएको हो । देउवाले कोइराला समूहका लागि दुई मन्त्रालय छुट्याएका छन् ।

कोइराला समूहले तीन मन्त्रालयको दाबी गरेपछि डा. शशांक कोइरालालाई एक मन्त्रीको कोटा दिने देउवाको तयारी रहेको स्रोतको दाबी छ ।

तपाईको प्रतिक्रिया