किसान महासंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सुर्खेत । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा एमालेनिकट अखिल नेपाल किसान महासंघ कर्णाली प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार महासंघ जिल्ला अध्यक्ष बखतबहादु भण्डारीको नेतृत्वको टोलीले फागुन २६ गते सरकारले मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।


सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ललाई बुझाइएको ज्ञापनपत्रमा अनुदान कटौतीको निणर्यले कृषिमा मूल्यवृद्धि भई उपभोक्ता मारमा पर्ने निष्कर्ष निकाल्दै खेतीको समयमा मलको अभाव खेपरिहेका किसानलाई अझ समस्यामा धकल्ने प्रयास सरकारले गरेको उल्लेख छ ।
महासंघका कर्णाली प्रदेश सचिव धर्मराज ढुंगानाले सरकारको तर्फबाट किसान र कृषि क्षेत्रका लागि दिँदै आएको एकमात्र अनुदान कटौती गर्ने निणर्य असंवेदनशील र गैरजिम्मेवार भएको भन्दै अबिलम्ब फिर्ता गर्न माग राखे । आफ्ना माग पूरा नभए चरणवद्ध आन्दोलनमा जाने ढुंगानाले चेतावनी दिए । बिहीवार संघले एक विज्ञप्ती जारी विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

सोही बमोजिम शुक्रावार जिल्ल प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । आफ्ना माग पुरा नभए चरणवद्ध आन्दोलनमा जाने संघको चेतावनी छ ।

तपाईको प्रतिक्रिया