जीर्ण बन्दै डोरबहादुरले बनाएका संरचना

पातारासी गाउँपालिका–५ चौधबीसस्थित जप्नगाउँका ६२ वर्षीय पूर्णबहादुर बुढाले मानवशास्त्री डोरबहादुर बिष्टको प्रतीक्षा गर्न थालेको झन्डै २६ वर्ष पुग्न लाग्यो । न केही खबर पाइयो न खोजखबरीको खबर सुनियो । उनले भने,‘अझै पनि उनी फर्किन्छन् भन्ने आशा छ ।’ उनका छिमेकी हरिचन्द्र बुढा पनि चौधबीस क्षेत्र बदल्ने डोरबहादुरको प्रतीक्षामा छन् ।

बिष्ट अहिले हामीसँग त छैनन्।तर उनले गरेका कामहरू हाम्रा लागि प्रेरक छन्, । उनले भने, ‘उनका कामहरू आँखाअगाडि देख्दा डोरबहादुरलाई बिर्सिनै मुस्किल हुन्छ ।’ स्थानीयका अनुसार बिष्ट चौधबिस क्षेत्रका भाग्य र भविष्यका रेखा हुन । मानवशास्त्री बिष्टले पातारासी–५ डोलकाटीमा २०४८ सालमा कर्णाली इन्स्टिच्युट खोले ।

तस्बिर : गोल्डेन बुढा

उनको गाउँलाई नै अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने धोको थियो । डोरबहादुरले पहिलोपल्ट गाउँमा शिक्षक ल्याएर चौधबीसमा शिक्षाको ज्योति फैलाएका थिए ।

उनले ऋणमोक्ष मावि स्थापना गरी विद्यार्थीको सहज पठनपाठनमा साथ दिए ।२०५० सालमा नजिकैको लम्केली खोलामा विद्युत् निर्माण गरी गाउँ झिलिमिली बनाइदिए । चौधबीसको विकासका लागि उनैले विदेशी दाताहरू गाउँमा ल्याए ।

उनको सक्रियतामा हेलिप्याड बनेपछि आएको हेलिकोप्टर हेर्न आसपासका गाउँलेहरूको पनि भीड लागेको थियो । चौधबीस बदल्ने बिष्टको ठूलो सपना थियो । बुढाले भने,‘तर त्यो सपना कहाँ गयो रु, कुन दैवले टुटायो पत्तै भएन ।’ बिष्टले स्थानीयलाई विभिन्न कृषि उत्पादनसँग जोडे भने चौधबीस क्षेत्रबाट सडक खनेर सदरमुकाम खलंगा पु¥याउने योजना बुनेका थिए ।

हेलिकोप्टरबाट गाडी ल्याएर गाउँदेखि खलंगासम्म सवारी आवागमन सुरु गर्ने उनी बताउँथे । चौधबीसका ६९ वर्षीय कन्नबहादुर बुढाका अनुसार पातारासीको लासीमा बृहत् पर्यटकीय भवन बनाएर चौधबीस क्षेत्रका हरेक पर्यटकीय स्थलको अभिलेखीकरण राख्ने काम पनि बिष्टले थालेका थिए ।

खस भाषा बचाउनेदेखि चौधबीसको समग्र समृद्धिको खाका कोर्ने काममा उनले क्रमश काम गरिरहेका थिए । उनले भने,‘गाउँमा पहिलोपल्ट इन्जिनियर ल्याएर विभिन्न विकास निर्माणका योजना उनैले बताएका हुन् ।’
डोरबहादुर भएको भएको भए अहिलेसम्म पातारासीको मुहार फेरिन्थ्यो । डोरबहादुरका छोरा केशर र नाति बिराज पनि चौधबीसमा पुगे ।

उनीहरू सरकारी लाभको पदमा समेत थिए तर छोरानाति मिलेर बाबुले थालेको काममा निरन्तरता दिन नसकेको स्थानीयको गुनासो छ । कन्नबहादुर अहिले पनि दैनिक एक पटक डोरबहादुर बिष्टको निवाससमेत रहेको कर्णाली इन्स्टिच्युटमा पुग्छन् । खरायोका लागि घाँस काट्छन् र डोरबहादुरलाई सम्झिँदै घर फर्किन्छन् । उनी हराएको लामो समय बित्दा पनि सरकारले कुनै पहल नगरेको उनको गुनासो छ ।

उनी बेपत्ता भएपछि उनले बनाएका संरचना जीर्ण बन्दै गइरहेका छन् । २०४७ सालको अन्त्यतिर जुम्ला पुगेका बिष्टले चौधबीस क्षेत्रको विकास र सामाजिक रूपान्तरण गर्न पातारासी–५ डोलकाटीलाई स्थायी कर्मथलो बनाउने निधो गरेका थिए  ।

बिष्ट २०५२ पुस २५ गते नेपालगन्ज जान्छु भनेर गाउँबाट हिँडे पनि अहिलेसम्म सम्पर्कमा छैनन् । कर्णाली इन्स्टिच्युटका सचिव पूर्णबहादुर बोहोरालाई संस्था जिम्मा लगाएर हिँडेका थिए ।

बिष्ट २०५२ पुस २७ गते नेपाल वायु सेवा निगमकोष जहाजबाट नेपालगन्ज गएर गाडीमार्फत कैलालीको चिसापानी गएको अनुमान छ ।

जीर्ण बन्दै डोरबहादुरले बनाएका संरचना

रिगलको आममाफी सर्वाेच्चद्वारा बदर, तत्काल पक्राउ गर्न

जीर्ण बन्दै डोरबहादुरले बनाएका संरचना

अदालतको आदेशपछि पक्राउ परे रिगल ढकाल