जग्गाको मुवाब्जा नपाएको रिसले पुल अबरुद्ध


जुम्लाको सदरमुकाम खलंगा चन्दननाथ नगरपालिका –६ देखि १० नम्बर वडा जोड्ने कारागारस्थित तिला नदीमाथिको पुल अवरुद्ध गरिएको छ ।

पुल निर्माण गर्दा छोडेको जग्गाको मुवाब्जा नपाएको भन्दै पुलनेर गहिरो खनि अवरुद्ध गरिएको हो । मंगलबार विहान देखि अवरुद्ध गरिएको हो ।

जग्गा धनीहरु मदनमोहन देवकोटा, गोरीकला सार्की र कुइरो सार्कीले सडक अवरुद्ध गरेका हुन।पुल निर्माणको क्रममा सडकले प्रयोग गरेको जग्गाको मुवाब्जा दिने र बाँकी रहेको जग्गा प्रयोग गर्न मिल्ने गरि सहमति गरिएको भएपनि निर्माण कार्य सकिएको वर्षौं वित्दा पनि वास्ता नगरिएको जग्गा धनीहरुको गुनासो छ । त्यहीँ नदी पारीका धनीहरुलाई मुवाब्जा दिइएको छ ।

तर हाम्रो पहुँच नभएकोले कुनै सुनुवाइ नै भएको छैन, जग्गा धनी मदनमोहन देवकोटाका छोरा चन्द्र देवकोटाले भने,बाध्य भएर आन्दोलन गर्नु परेको हो ।

पुल निर्माणको क्रममा खनेर गहिरो गरिएको जग्गा पछि पुरेर जस्ताको तस्तै गरिदिने र त्यतिन्जेल ठेकेदारले जग्गा धनीलाई चामल उपलब्ध गराउने सहमति भएको अर्की जग्गा धनी गोरीकला सार्कीले बताइन् ।

एक दुई पल्ट पच्चीस किलाका दुई तीन बोरा चामल पनि पायौं । पुल बनेपछि न चामल पायौं न बचेको जग्गा,उनले भनिन्,अहिले हाम्रो भनेको कोही सुन्दैनन् । न सडक कार्यालय सुन्छ न ठेकेदार।त्यसबेला पुल निर्माणको जिम्मा हालको चन्दननाथ नगरपलिका –६ का वडा अध्यक्ष रवि थापाले लिएका थिए ।

उनका अनुसार सडकले नै जग्गा बनाइदिने बचन दिएपछि जग्गाधनीसँग बनाउने बाचा गरिएको थियो ।
त्यसबेलाका इन्जिनियरको सरुवा भएपछि जग्गा जस्ताको तस्तै बनाउने काम रोकिएको हो।सबै मिलेर जग्गा बनाइदिने भनेपछि वडाका नेता, ठालु भलाद्मीका अगाडि जग्गा छोडेको चन्दननाथ –१० का जग्गा धनी कुइरो सार्कीले बताए। म गरिबको छोरा हुँ ।

धौगरी जोडेको खेत पुल बनाउने बेला खेर गयो,उनले भने,न जग्गा पाइयो न जग्गाको मुवाब्जा।पुल निर्माणको बेला ठेकेदारसँग भएको सम्झौता कार्यान्वयन गराउनलाई पहल गर्ने डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द्र विष्टले बताए।उनले भने,त्यसबेला के भएको थियो? सम्झौता के थियो म बुझ्दैछु ।

तर मौखिक सहमति हो भने केही गर्न सकिदैन। ठेकेदारबाट पेटी ठेकेदारले लिएको काम र पेटी ठेकेदारले भनेको कुरालाई हामीले बैधानिक भन्न मिल्दैन। सडक अवरोध गर्न पाउने कानुनी प्रावधान छैन । यो खुलाउनुपर्छ । अवरुद्ध सडब खुलाउनका लागि बुधबार सर्बदलीय बैठक बोलाइएको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए ।

भोली सबै जग्गा धनी र सबै दलका मान्छे राखेर बैठक बसाल्दैछौं,उनले भने,सबै कुरा बुझेर बाटो खुलाउन पहल गर्छौं । यो विषयमा पटक पटक विवाद हुने गरेको छ । जसका कारण सडक अवरुद्ध हुने लगायत समस्या देखा परिरहेका छन् । समस्याको दिर्घकालीन समाधान नहुँदा आवतजावतमा प्रभाव परेको छ ।

जग्गाको मुवाब्जा नपाएको रिसले पुल अबरुद्ध

एक लाख रासीको भलिवल कप :कालिकोटको पलाता

जग्गाको मुवाब्जा नपाएको रिसले पुल अबरुद्ध

YUGAAWHAN NATIONAL DAILY (2080-07-15)