एक लाख रासीको भलिवल कप :कालिकोटको पलाता गाउँपालिकाले जित्यो


जुम्लाको हिमा गाउँपालिका ओदी गाउँमा लामा विष्णुयूवा क्लवले शुरुवात गरेको एक लाख रासीको भलिवल कप कालिकोट जिल्लाको पलाता गाउँपालिकाले हात पारेको छ ।
जुम्लाको हिमा गाउँपालिकाको आर्थिक सहयोग र लामा बिष्णु युवा क्लबको आयोजनामा सञ्चालित खुला पुरुष भलिबल प्रतियोगितामा पलाता गाउँपालिकाले प्रथम स्थान हाशिल गरेको छ । यसैगरी द्धितीय स्थान मिड प्वाईन्ट सिँजा जुम्ला र तृतीय स्थान पुजा फेस हाउस रारा जुम्ला भएको छ ।
प्रथम हुने पालाता गाउँपालिका कालिकोटलाई एक लाखको चेक र प्रमाणपत्र, मेडल उपलब्ध समेत गराईएको आयोजकले जनाएको छ ।
यसैगरी द्धितीय स्थान मिड प्वाईन्ट सिँजा जुम्ला र तृतीय स्थान पुजा फेस हाउस रारा जुम्लाले हाशिल गरेको छ । लामा बिष्णु यूवा क्लबले ५० हजार द्धृतीय र तृतीय २५ हजार पुरस्कार सहित प्रमाणपत्र, टफि, मेडल सहित उपलब्ध गराईएको लामा बिष्णु यूवा क्लब जुम्लाका अध्यक्ष धिरेन्द्र रोकायाले बताए ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, उपाध्यक्ष सुपर्ना शाहीले विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।
उनले यूवा क्लवले संचालन गरेको यो प्रतियोगिता गाउँपालिकाले आर्थिक सहयोगमा निरन्तरता दिने प्रतिवद्धता जनाए । सो भविल प्रतियोगितामा उत्कृष्ट खेलाडी पलाता गाउँपालिकाबाट सहभागी कमल गहतराज, उत्कृष्ट स्पाइकर पलाता गाउँपालिकाकै शैलेन्द्र शाही, उत्कृष्ट डिफेन्सर जुम्ला सिँजा मिडप्वाईन्टको प्रेमबहादुर रोकाया उत्कृष्ट र लिप्टर ललित परियार पलाता गाउँपालिका भएको छ ।
भलिवल प्रतियोगितामा गाउँमा पहिलो पटक हरेक खेलमा उत्कृष्ट खेल्ने खेलाडिलाई म्यान अफद म्याचको घोषणा सहित पुरस्कार समेत दिईएको छ ।
हरेक खेलमा म्यान अफद म्याच हुने खेलाडीलाई ५ सय पुरस्कार समेत दिईएको आयोजकले जनाएको छ । हिमा गाउँपालिका २ ओदी गाउँ स्थित प्रशिद्ध लामा विष्णु देवताको पैठको अवसरमा करिब २० बर्ष देखी हरेक बर्ष भलिवल प्रतियोगिता गरिदै आएको आयोजकले जनाएको छ ।
यूवाक्लवले खेलाएको सवैभन्दा ठूलो राशीको उक्त भलिवल प्रतियोगितामा जिल्लाबाट रेफ्री हरिलाल महत र राष्ट्यि खेलाडी लक्ष्मी रावलले रेफ्रीको भूमिका गरेका छन् भने १६ वटा टिम भलिवल खेलमा सहभागि भएका थिए ।






