पहिलो हाफमा जर्मनी अगाडि

काठमाडौं,७ मंसिर ।
कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को खेलको पहिलो हाफमा जापानमाथि जर्मनीले १–० गोलको अग्रता लिएको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा जारी प्रतिस्पर्धात्मक खेलमा जर्मनीले पेनाल्टी गोलमार्फत अग्रता लिएको हो । जर्मनीका लागि इल्के गुन्डोगानले ३३औं मिनेटमा गोल गरे ।
डिबक्सभित्र जर्मनीका डेभिड रमलाई जापानका गोलरक्षक सुइची गोन्डाले फल हानेर लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । बल पोसेसनमा अब्बल देखिएको जर्मनीले इन्जुरी समयमा पाएको अर्को गोललाई भिएआरको सहायतामा अफसाइड दिईएको थियो ।
एजेन्सी






