मृतकका परिवारलाई आर्थिक सहयोग

दैलेख, ५ पाैष  ।

छेडागाड नगरपालिका–४, खान्तिजेवा भीरमा जिप दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ। दुर्घटनामा परी मृत्यु भएका भगवतीमाई गाउँपालिका र छेडागाड नगरपालिकाका १२ जनालाई जनही १५ हजार रुपियाँका दरले भगवतीमाई गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको हो।

भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले मृतकका आफन्तलाई किरिया खर्च भनी प्रतिमृतक १५ हजार रुपियाँ सहयोग गरेको जानकारी दिनुभयो। गाउँपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई किरिया खर्च दिने निर्णयअनुसार उक्त रकम सहयोग उपलब्ध गराइएको जनाइएको छ।

मङ्सिर २६ गते भगवतीमाई गाउँपालिका–३, मेहेल्तोलीबाट जन्ती लिएर गएको जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा चालकसहित १० जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो।

गाेरखापत्र

मृतकका परिवारलाई आर्थिक सहयोग

चौँतीस प्रतिशत नागरिक अझै निरक्षर

मृतकका परिवारलाई आर्थिक सहयोग

गमगढी–सोरुकोट सडक दुई महिना पछि सञ्चालन, बिरामीलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds