३ दलले छाने संसदीय दलको नेता, कांग्रेसमा चुनाव हुँदै

काठमाडौं,५ पाैष ।

मंसिर ४ मा भएको चुनावको पूर्ण परिणाम आइसकेको अवस्थामा नवनिर्वाचित सांसदहरूले आफ्नो दलमा नेता चयन गर्न थालेका छन्। सोमबार ३ वटा दलले नेता चयन गरेका छन्, सर्वसम्मत रूपमा।

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई नै दलको नेता चयन गरेको छ। प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्। यो पार्टी पहिलो पटक संसदमा सहभागी हुँदैछ। यस्तै जनमत पार्टीले पनि दल नेता चयन गरेको छ। अध्यक्ष सिके राउत नै सर्वसम्मत रूपमा दल नेता चयन भए।

यो पार्टीमा प्रतिनिधि सभामा ६ जना सांसद छन्। जनमत पार्टी पनि पहिलो पटक संसदमा उपस्थित हुँदैछ। नेकपा एकीकृत समाजवादीले पनि दल नेता सर्वसम्मत रूपमा चयन गरेको छ। प्रतिनिधि सभामा १० सांसद जितेको एकीकृत समाजवादीले दल नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको हो।

अन्य दलले दल नेता चयन गर्न बाँकी छ। नेपाली कांग्रेसले दल नेता चयनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय दिएको छ। अहिलेसम्मको अवस्था हेर्दा दल नेता चयन गर्न कांग्रेसमा मात्रै चुनाव हुन लागेको छ।

कांग्रेसले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म चुनाव गर्दैछ। प्रतिनिधि सभामा जितेका ८९ जना सांसद दल नेता चयनका लागि मतदाता छन्। दल नेतामा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र नेता शेखर कोइराला उम्मेदवार हुन इच्छुक छन्।

नेकपा एमालेले पनि दल नेता चयन गर्न बाँकी छ। एमालेले सम्भवत सर्वसम्मत रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई नै दल नेता चयन गर्नेछ। साथै जसपामा अध्यक्ष उपेन्द्र यादव सांसद नभएकोले अशोक राई दल नेता हुन सक्ने सम्भावना छ।

लोसपामा अध्यक्ष महन्थ ठाकुर नै दल नेता हुने सम्भावना देखिएको छ। १४ सांसद भएको राप्रपाले पनि दल नेता चयन गरिसकेको छैन। राप्रपाले सर्वसम्मत रूपमा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नै दल नेता चयन गर्ने गरी आन्तरिक गृहकार्य गरिरहेको छ।

सेताेपाटी 

३ दलले छाने संसदीय दलको नेता, कांग्रेसमा चुनाव हुँदै

कांग्रेस संसदीय दल नेताका लागि आज मनोनयन,

३ दलले छाने संसदीय दलको नेता, कांग्रेसमा चुनाव हुँदै

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा २ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds