पालिका अध्यक्ष खत्रीको पहलमा कालिमाटीमा टेलिफोन सेवा सुचारु

दिलिप ढकाल
कात्तिक ,१ सुर्खेत ।
सल्यानको कालिमाटी गाउँपालिका वडा नं २को बराढुङ्गा मा रहेकोे नेपाल टेलिकम को टावर संचालनमा आएको छ। मिति २०७९÷६÷१८ अर्थात बिजया दशमी देखि परेको अबिर बर्षा र हावाहुरी को कारणले नेपाल टेलिकम को टेलिफोन सेवा अबरुद्ध भएको थियो। गाउँपालिका अध्यक्ष दान बहादुर खत्री के सि को निरन्तर प्रयास र नेपाल टेलिकमको प्रादेशिक कार्यालय कर्णाली प्रदेश सुर्खेतको र नेपाल टेलिकम को कार्यालय तुल्सिपुर को प्राबिधिक सहयोग मा मर्मत सम्भार गरि आज देखि नेपाल टेलिकम को संचालन मा आएको छ ।

करिब १० दिन भन्दा बढी कालिमाटी गाउपालिका भित्रका जनता सञ्चार सुबिधा बाट टाढा रहेका थिए। बर्षातको कारणले टावर भएको ठाउमा जाने बाटोको बिभिन्न ठाउमा पहिरो गएकाले उक्त ठाउमा जान सक्ने अबस्था नभएकाले हाल सम्म टावर मर्मत मा ढिलाई भएको पालिका अध्यक्ष खत्रीले जानकारी दिनु भयो। पछिल्लो केहि दिन यता घाम लागेको तथा टेलिकमको प्रादेशिक कार्यालय सँग को निरन्तर समन्वय र प्रयासमा टावर मर्मत गरि संचालनमा ल्याइएको समेत खत्रीको भनाई रहेको छ।

यस्तै कालिमाटी गाउ पालेका वडा नम्बर २ झिगाने चोक हुदै कालिमाटी गाउपालिका को वडा नम्बर ४ र ५ को बालुवा दम्दुवाली जाने बाटो र गाउँपालिका भित्रका अन्य वडामा नियमित रुपमा सन्चालन भएका तथा अबिरल बर्षाका कारण अबरुद्द भएका बाटोहरु लाई प्राबिधिक मुल्याङ्कन उठाई तिहार अगाडी नै संचालन मा ल्याउनको लागि प्राबिधिक टोलि खटिसकेको र काम समेत सुचारु भैसकेको उनले बताए ।






