समाजवादी प्रेस संगठनको दैलेख अध्यक्षमा सिजापती

दैलेख, ४ फागुन ।
नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पत्रकारहरुको पेशागत संगठन समाजवादी प्रेस संगठन दैलेख शाखाको भेला बुधबार सम्पन्न भएको छ ।
भेलाले भिम बहादुर सिजापतीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कमिटीको उपाध्यक्षमा कृष्ण दैलेखी, कमला वि.क., सचिवमा पृथ वयलकोटी, कोषाध्यक्षमा सुरेन्द्र शाही, सहसचिवमा दान खत्री र टोपेन्द्र सुनार चयन हुनुभएको छ ।
त्यसैगरी जिल्ला कमिटीको सदस्यहरुमा भैरव हमाल, पवन मल्ल, हिक्मत थापा र संकल्प केसी निर्वाचित हुनुभएको छ । भेलामा समाजवादी प्रेस संगठनका केन्द्रीय तथा जिल्ला नेतृत्व, एकीकृत समाजवादी पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।






