तातोपानी कुण्डमा नुहाउनेको संख्या वृद्धि

राजन रावत/गोरखापत्रबाट
हुम्ला, ४ फागुन ।
रोग निको हुने विश्वासले जिल्लाभरिका तातोपानीका कुण्डमा आएर नुहाउनेको संख्या दोब्बरले वृद्धि भएको छ । सामाजिक मान्यताअनुसार चिसोमा तातोपानीको कुण्डमा नुहाउँदा शरीरमा स्फुर्ती बढ्ने र शरीरका रोगहरु निको हुने भएपछि नुहाउन आउनेको संख्यामा बृद्धि भएको हो ।

सर्केगार्ड गाउँपालिका –३ को उनापानी गाउँका वडा अध्यक्ष गज रावतले तातोपानी कुण्डमा नुहाउन आउने संख्या हालसम्मकै बढी रहेको पाइएको बताउनुभयो । प्राकृतिक रुपमा प्राप्त भएको कुण्डमा दैनिक डेढ सयभन्दा बढी स्थानीय आएर स्नान गर्ने बताउँदै गाउँबासी मात्र नभएर जिल्लाभरिका मानिस आउने गरेको उहाँले बताउनुभयो ।

गत मङ्सिर यता नौ हजारभन्दा बढी सेवाग्राही कुण्डमा आएर सरसफाइ गरेको बताउनुभयो । जबकि गतवर्ष यो अवधिमा ६ हजारले मात्र सो कुण्डमा सरसफाई गर्नुभएको थियो ।

कुण्डमा नुहाउँदा शरीरलाई निको हुने, बाथरोगबाट बच्न सकिने र लुतो समेत हट्ने भएका कारण मानिसहरुको ओइरो लाग्नेगरेको उहाँले बताउनुभयो ।

हुम्ला जिल्लाको प्रख्यात उक्त तातोपानी कुण्डमा दैनिक सरसफाइ गर्नेको संख्या पनि उत्तिक्कै रहनेगरेको छ । कतिपय हुम्लाका स्थानीय कुण्डमा एक हप्तासम्म बास बस्ने गरी आउनेगरेको उहाँको भनाइ छ ।

खार्पुनाथ गाउँपालिका–५ को दुर्पा गाउँका स्थानीय जयकली ऐडीले पाँच दिनका लागि खार्पुको तातोपानी कुण्डमा आएर बसेको बताउनुभयो । हुम्ला जिल्लामा चंखेली गाउँपालिकाको दर्बी, नाम्खा गाउँपालिकाको केर्मी, लिमीमा पनि यस्ता तातोपानीका कुण्ड छन् । यस्ता कुण्डमा सबै उमेर समूहका मानिस आएर नुहाउने गरेका छन् ।

तातोपानी कुण्डमा नुहाउनेको संख्या वृद्धि

धेरै दलले आउँदो निर्वाचनमा दलीय चिह्न नपाउने

तातोपानी कुण्डमा नुहाउनेको संख्या वृद्धि

YUGAAWHAN NATIONAL DAILY (2078-11-03)

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds