दैलेख काँशिकाँध जीप दुर्घटनाकाे थप विवरण (घटनाका तस्विर)

अमर सुनार
दैलेख, ४ फागुन ।
जिल्ला सदरमुकामबाट महाबु गाउँपालिका–५ काँशिकाँध जादै गरेको ‘बागमती प्रदेश ०१–००२६ च ५२६४’ नम्वर यात्रुवाहक बोलेरो जीप हिजो सोमवार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यूसंगै ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

महाबु गाउँपालिका–४ फागु गाउँको चौतारा नजिक सडकबाट करिव ५० मीटर तल जंगलमा खसेर उक्त बोलेरो दुर्घटनामा महाबु गाउँपालिका–५ का ४२ वर्षीय रामबहादुर हमालको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।

मृतक रामबहादुर हमाल पेशाले शिक्षक र महाबु गाउँपालिका–५ का वडाध्यक्ष जगतबहादुर हमालका साइला भाई हुन् । हमाल कार्यालयको कामले सोमवार विहान त्यही गाडीमा जिल्ला सदरमुकाम पुगेर घर फर्किँदै थिए ।

दुर्घटनामा गाडी चालक गुराँस गाउँपालिका–५ गोगनपानीका ३० वर्षीय समरबहादुर चन्द, गाडी मालिक महाबु गाउँपालिका–५ काँशिकाँधका ४५ वर्षीय लल्लू बनसन्यासी, ३९ वर्षीय राजेश हमाल, काँशिकाँधका पूर्व गाविस उपाध्यक्ष ६३ वर्षीय रामबहादुर शाही, महाबु गाउँपालिका–४ काप्रीखोलाकी ३८ वर्षीया जौकला शाही, उहाँकी छोरी ९ वर्षीया आरती शाही, २२ वर्षीया मनिषा सिंह, २६ वर्षीया हिक्मतकुमारी शाही र उहाँकी २ महिनाकी छोरी आर्या शाही घाइते भएका छन् ।

गैडाबाँझ प्रहरी चौकीसंगै सदरमुकाममबाट प्रहरी निरीक्षक सुनारको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोली र स्थानीयले घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला सदरमुकामको दैलेख अस्पतालमा पु¥याएका थिए ।

घाइते मध्ये जौकलाको दाहिने खुट्टा भाँचिएको कारण दैलेख अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि गए राति नै कर्णाली प्रदेश अस्पताल पठाइएको र बाँकी ७ जनाको उपचार चलिरहेको दैलेख अस्पतालका डा. जगत थापाले जानकारी दिए ।

गाडी चालक समरबहादुर चन्द, गाडी मालिक लल्लू बनसन्यासी, ३९ वर्षीय राजेश हमाल, काँशिकाँधका पूर्व गाविस उपाध्यक्ष रामबहादुर शाही र जौकला शाही गम्भीर घाइते छन् । तर उहाँहरुको अवस्था खतरा मुक्त रहेको उपचारमा संलग्न डा. बिश्व सुबेदीले बताए ।

पहिलेदेखि गाडी चलाउदै आएका गाडी चालक तिलक बनसन्यासी काम बिशेषले नेपालगञ्ज गएका कारण हिजोदेखि मात्र गाडी चलाउन थालेको समरबहादुर चन्द पहाडी बाटोको लागि नयाँ भएका कारण दुर्घटना भएको यात्रुहरुको भनाई छ ।

महाबु गाउँपालिका–४ काप्रीखोलाकी जौकला शाही साथमा छोरी आरतीलाई लिएर करिब एक घण्टा पैदल हिडेर पुगिने माइती घर राँचुला गाउँमा भतिजाको छैटी खेल्न जानलाई बोलेरोमा चढेको २० मीनेटमै गाडी दुर्घटना भएको थियो ।

तिनटाँगे खोला पुगेर पानी घट्टमा मकै पिसेर पीठो समेत गाडीको डालामा राखेर यात्रा गरिरहेकी मनिषा सिंह गाडी चढेको १० मीनेट दुर्घटनामा परिन् । पूर्व गाविस उपाध्यक्ष रामबहादुर शाही, राजेश हमाल गैंडाबाजबाट गाढेको आधा घण्टामा दुर्घटनामा परेका हुन ।

दैलेख सदरमुकामबाट तीन जना मात्र यात्रु लिएर करिव २६ किलोमीटरको यात्रा तय गरेको गाडी गन्तव्यमा पुग्न ५ किलोमीटर मात्र बाँकी रहँदा दुर्घटना भएको हो । सदरमुकामबाट १७ किलोमीटर दुरीमा रहेको महाबु गाउँपालिकाको मुकाम गैडाबाँज हुदै काप्रीखोला, फागु हुँदै गडी गाउँ पुग्ने यात्रा तय गरिएको थियो ।

तस्विरहरु :-

१. दुर्घटना भएको बोलेरो जीप
२. घाइते पूर्व गाविस उपाध्यक्ष रामबहादुर शाही
३. गाडी मालिक लल्लू बनसन्यासी
४. गाडी चालक समरबहादुर चन्द
५. दैलेख अस्पतालमा प्रारम्भिक उपचार गराउँदै गर्दा घाइती जौकला शाही

दैलेख काँशिकाँध जीप दुर्घटनाकाे थप विवरण (घटनाका तस्विर)

दलित मुक्ति मोर्चा बाँफिकोटमा भेला

दैलेख काँशिकाँध जीप दुर्घटनाकाे थप विवरण (घटनाका तस्विर)

धेरै दलले आउँदो निर्वाचनमा दलीय चिह्न नपाउने

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds