वाणिज्य बैंकमा कर्णालीबाट १० जनाको बढुवा (बढुवा हुने १३३ जना को नामावली)

सुर्खेत, ४ फागुन ।
राष्ट्रिय वाणिज्य बैंकको आन्तरिक बढुवाको नाम लिष्ट सार्वजनिक भएको छ । राष्ट्रिय वाणिज्य बैंक सहायक प्रवन्धक तह–६ बाट उप–प्रवन्धक तह–७ मा देशभरीबाट १३३ जनाको आन्तरिक बढुवा भएको हो ।
बढुवाका लागि देशभरी रहेका शाखा कार्यालयहरुबाट २८८ जनाले आवेदन दिनुभएको थियो । कर्णाली प्रदेशबाट मात्रै १० जनाको आन्तरिक बढुवा भएको छ ।
जुम्ला शाखा प्रवन्धक चिरञ्जिवी गिरीसहित १० जनाको उप–प्रवन्धक तह–७ मा बढुवा भएको हो । सुर्खेत शाखा सहायक शाखा प्रवन्धक हरेन्द्र बोहोरा, वीरेन्द्रनगर शाखा प्रमुख जय प्रकाश बराल, मेहलकुना शाखा प्रवन्धक हिक्मत कार्कीको बढुवा भएको छ ।
त्यसैगरी चौरजहारी शाखा प्रवन्धक कृष्ण प्रसाद उपाध्याय, जाजरकोट शाखाका प्रवन्धक इलम खड्का, दैलेख शाखाका प्रवन्धक चेतन विसी, मुग शाखा प्रवन्धक ठोक्रे विष्ट, हुम्ला शाखा प्रवन्धक सविता शाही, जुम्ला शाखा प्रवन्धक चिरञ्जिवी गिरी, सल्यान शाखा प्रवन्धक चुडामणी केसीको बढुवा भएको छ ।
कर्णाली प्रदेशमा राष्ट्रिय वाणिज्य बैंकको प्रदेश कार्यालयसहित १९ वटा विभिन्न जिल्ला तह पालिकाहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । (देशभरीबाट उप–प्रवन्धक तह–७ मा बढुवा हुनेहरुको नाम लिष्ट)








