अखिल (क्रान्तिकारी) कालिकोटको अध्यक्षमा आचार्य

प्रभुराम पाण्डे
कालीकोट, ३ फागुन ।
अखिल (क्रान्तिकारी) कालीकोटको १३ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नरेन्द्र प्रसाद आचार्यको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हिक्मत सिंह, खगेन्द्र मल्ल, राजन अधिकारी, प्रमे दर्जी चयन हुनुभएको छ ।
सचिवमा सरेश प्याकुरेल, सहसचिव दीपक शाही, अस्मित बम, अन्जना महतारा, कमल शाही, कोषाध्यक्षमा पार्वती सन्जाल चयन हुनुभएको छ ।
अखिल क्रान्तिकारी कालीकोट जिल्ला संयोजक मनसिंह शाहीको अध्यक्षता र अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन उद्घाटन गरिएको थियो । सोही कार्यक्रम संघ, प्रदेश, जिल्ला र स्थानीय विभिन्न कमिटी र पदाधिकारिहरुको उपस्थिति रहेको थियो ।








