भारतमा ज्यान गुमाएका रानाको परिवारलाई प्रवासी नेपालीको सहयोग

सुर्खेत, २ फागुन ।
जो कोहिलाइ पनि आफ्नो परिवार संसारकै प्यारो लाग्ने गर्दछ । अनि यो प्यारो परिवार छाडेर प्रदेसिनु कसैलाइ रहर हुदैन तर नेपालका धेरै परिवारका सदस्यहरु यो वाध्यता वाट उम्कन सकिरहेका छैनन् ।
यस्तै परिवारका एक सदस्य हुन कर्णाली प्रदेशको विकट गाँउ चिङगाड गाँउपालिका वडा नं. ४ जोगाडा घर भएका हरि विक्रम राना । आफु जान्ने भएदेखि परिवरको भोको पेट भर्न परिवार छाडेर भारतको गुजरात राज्यको अहम्दाबाद सहरलाइ आफ्नो कर्मथलो बनाएर रानाले मजदुरी गरिरहेका थिए ।
अति गरिव परिवारको घरमुली समेत रहेका राना ३० वर्ष देखि भारतमा मजदुरी गरी एक छोरा, एक छोरी श्रीमती सहित ४ जनाको परिवार चलाइरहेका थिए । २०७८ साल माघ १६ गते यो परिवारको लागि सबै भन्दा पिडाको दिन बन्यो ।
हरि विक्रम राना गुजरात राज्यको अहम्दाबाद सहरमा आफ्नो काम गर्दै गर्दा हृदय घातका कारण संसार छड्नु पर्याे । हाल हरि विक्रम राना संग आश्रित रहेको परिवार अभिभाबक विहिन बनेको छ । घर मुलिकै निधन भएपछि संस्कार खर्च समेत नभएको परिवार लाइ हाल परवास गुजरात राज्यको अहम्दाबाद सहरमा रहेका नेपालीहरुले परिवारलाइ आर्थिक सहयोग गरेका छन् ।

भारतमा रहेका चन्द्र बहादुर रावतको पहलमा गुजरात अहन्दाबादमा रहेका नेपालीहरुले ८५ हजार १ साय ९५ रुपैयाँ , राजकोट सहरमा रहेका नेपालीहरुले ८ हजार ८ सय ३२ रुपैयाँ र रुद्रप्रयाग मा रहेका नेपाली दाजु भाइ दिदी बहिनीहरुले ४ हजर ५ सय रुपौयाँ सहयोग प्रदान गरेका छन् ।
भारतमा रहेका चन्द्र बहादुर रावतले आफु जस्तै मजदुरी गरी परिवार चलाएका अति विपन्न रानाको परिवरलाइ सहयोग गर्न पाउदा खुसि व्यक्त गर्दे अन्य नेपालीहरु लाई पनि सहयोग गरिदिन आग्रह गरेका छन् ।






