एमसीसी खारेजीको माग गर्दै समाजवादीको सुर्खेतमा प्रदर्शन (फोटो फिचर)

सुर्खेत, २ फागुन ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता खारेजीको माग गर्दै सुर्खेतमा विरोध प्रदर्शन गरिएको छ । नेकपा एकीकृत समाजवादी सम्बद्ध विभिन्न भ्रातृ संगठनहरुले एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध गरेका हुन् ।

आइतबार मंगलगढीचौकबाट ¥याली निकाले विरोध जनाएका हुन् । नेपाल खेलकुद महासंघ समाजवादी, अखिल नेपाल महिला संघ समाजवादी, अखिल नेपाल किसान संघ, युवा किसान संघ लगायतका भ्रातृ संस्थाहरुले एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध सभामा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य केदार कँडेल, प्रदेश कमिटी सदस्य कुलदिप भट्ट, जिल्ला कमिटी अध्यक्ष मोहनसिंह बडुवाल, अनेमसंघका नेता धना शाही, युवा नेता कमलकृष्ण जैसी, विद्यार्थी नेता मिलन विसी लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । तस्विर : कुमार ढकाल

एमसीसी खारेजीको माग गर्दै समाजवादीको सुर्खेतमा प्रदर्शन (फोटो फिचर)

पहिलो नजरमै एकले अर्कोलाई मन पराए

एमसीसी खारेजीको माग गर्दै समाजवादीको सुर्खेतमा प्रदर्शन (फोटो फिचर)

८५ प्रतिशत जुम्लाका नागरिकलाइ कोभिडविरुद्धको खोप

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds