श्रीमान्–श्रीमतीको कुटाकुटमा प्रहरी पुगेपछि…

सल्यान, २ फागुन ।
श्रीमान्–श्रीमतिको कुटाकुट झगडा भएपछि प्रहरीले उद्धार गर्नुपर्ने अवस्था आएको छ । घटना सल्यान त्रिबेणी गाउँपालिका वडा नं. ४ को हो । घरायसी विवादमा श्रीमान–श्रीमति झै–झगडा गरी कुटाकुट भैरहेको सुचना पाएपछि प्रहरी घटना स्थल पुगेको थियो । सल्यान त्रिवेणी गा.पा.–४ का ३१ बर्षिय लालमणी रेउले र २८ बर्षिय लिलाधर रेउले श्रीमान–श्रीमतिको कुटाकुट भएको जनाइएको छ ।
कुटाकुटमा परी दुवै जना घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । श्रीमान–श्रीमतिको झगडामा उद्धार गर्न इलाका प्रहरी कार्यालय लुहाम सल्यानबाट प्रहरी टोली खटिएको थियो । छाती र शरिरमा चोट लागेको अवस्थामा प्रहरीले उद्धार गरी दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पुरयाएको थियाे । श्रीमानकाे सल्यान अस्पतालमा उपचार भैरहेकाे छ भने जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि श्रीमतिलाइ थप उपचारका लागि नेपालगञ्ज पठाइएकाे छ ।







