प्रहरी तालिम केन्द्र नेपालगञ्ज-सुर्खेतका तीन प्रहरी सम्मानित

सुर्खेत, २ फागुन ।
कणाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत–नेपालगञ्ज कार्यालयबाट जिम्मेवारीमा उत्कृष्ट प्रहरी कर्मचारी मध्येबाट तीन जनालाई सम्मान गरिएको छ । पेशा र जिम्मेवारीप्रति बफादार भएर आफ्नो कर्तव्य पुरा गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गर्ने र गलत आचरण भएका प्रहरी कर्मचारीलाई कारवाही गर्ने तालिम केन्द्रको निती अनुसार तीन प्रहरी कार्मचारीलाई प्रोत्साहित गरिएको हो ।
तालिम केन्द्रको आत्तरिक प्रशिक्षणमा उत्कृष्ट प्रशिक्षकको रुपमा प्रहरी निरिक्षक रमेश विष्ट र बाह्रय प्रशिक्षणमा उत्कृष्ठ प्रशिक्षक प्रहरी जवान नारायण शाहीलाई सम्मान गरिएको छ । जिम्मेवारीलाई उत्कृष्ठ रुपमा पुरा गर्ने तीन प्रहरी कर्मचारीलाई तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक चक्र बहादुर सिंहले नगद तथा प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।







