शैलेन्द्र थापा
सुर्खेत,१० पाैष ।
जतिसक्छौ लुटे हुन्छ
आवाज उठ्दा कतैबाट
डण्डा हान्दै चुटे हुन्छ
नपुग्दा नुन कर्णालीमा किन
दुख्नु तिम्रो मन
बनोस् भाग्य तिम्रो बाँकी
जनका ती फुटे हुन्छ
जलजीवन नपुग्दा
जाजरकोटमा जान्छ ज्यान
विदेश गई सानो चोट लाग्दा
घाउ खुटे हुन्छ
चप्पल फाट्या बिर्सिएर
भिर्न सिक्दा टाई सुट
लगाई हिँड्ने दौँतरी ती
बिर्सियौ कट्टु ठूटे हुन्छ
जननी अनि जन्मभूमि गौँण
स्वार्थसामु सबै
बिश्राम कहाँ दिन रात लुट्न
देश जुटे हुन्छ
शरिर नांगो आएका हौ
जानेपनि त्यस्तै होला
नरक जाने बाटो खन्न बुद्धि
आफ्नो भुटे हुन्छ ।
युग संवाददाता । । १० पुष २०७९, आईतवार ०८:०१