गजल : निर्दाेष ति आँखा

आशिष गाैतम

सुर्खेत, २ पाैष ।

निर्दोष ती आँखाका भाव पढूँ कसरी म
तिम्रो अस्वीकृति अगाडि बढूँ कसरी म ।

तिम्रो मौनता चिर्ने सामर्थ्य छैन मसंग
अपरिभाषित गहिराई त्यो गढूँ कसरी म ।

विचलित छ यो हृदय अस्थिर मानसपटल
उज्वल छ भबिष्य आखिर सढूँ कसरी म

लामो छ यो जीवन अँझ लामो त्यो यात्रा
अनिश्चितता त्यो भर्याड़्ग चढूँ कसरी म ।

दर्शक बनिरहे तिम्रा उतारचढावमा सधैं
भाँचिइसके हतियार अब लडूँ कसरी म ।

तपाईको प्रतिक्रिया