‘चुनावी बाचा अनुसार ८० प्रतिशत काम पूरा भइसक्यो’

लालप्रसाद आचार्य/वडाध्यक्ष, गुर्भाकोट नगरपालिका–११, सुर्खेत

स्थानीय तहको नयाँ निर्वाचन बैशाख ३० गते हुँदैछ । हालका जनप्रतिनिधिको पाँच बर्षको कार्यकाल पनि सकिदै छ । जनप्रतिनिधिको कार्यकाल सकिन अब केही महिनामात्र बाँकी छ ।

हालका जनप्रतिनिधिहरुले यो अवधिमा के प्रगति गरे ? चुनावको बेला जनतासँग गरेका बाचाहरु पूरा भए त ? यो अवधिमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नम्बर ११ मा कस्ता काम भए ? यीनै विषयमा केन्द्रीत रहेर गुर्भाकोट नगरपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष लालप्रसाद आचार्यसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

हिजोआज के गर्दै हुनुहुन्छ ?
हामी कार्यकालको अन्तिममा छौं । वडामा भएका विकास निर्माणका कामको भुक्तानी दिने, जनता समस्या बुझ्नुका साथै जनताका ति समस्या समाधान गर्ने कुरामा नै व्यस्त भएको अवस्था छ ।

तपाइँले पाँच बर्षमा गरेको उत्कृष्ट काम के हो ?
थोरै बजेटबाट सबै क्षेत्रमा काम गर्नुपर्ने भएको हुँदा सोचे अनुसारको काम नभए पनि हामीले पाँच बर्षमा धेरै काम गरेका छौं । तिमध्ये केही उत्कृष्ट काम पनि छन् ।

हामीले भिरबासी बर्माघाट हुँदै काँडासुर्मा सम्मको बाटो जोड्न सकेका छौं । यो काम विगतमा पाँच पटकसम्म टेन्डर भएर सम्पन्न हुन सकेको थिएन । त्यसैगरी हेल्बेटासको सहयोगमा सिमखडा खहरे जोड्ने झोलेङ्गे पुल निर्माण गरेका छौं ।

चुनावी बाचा पूरा भए त ?
मैले पाँच बर्ष अगाडी निर्वाचन लड्दै गर्दा जनतालाई घोषणापत्रमार्फत प्रतिवद्धता जनाएको थिएँ । त्यो घोषणापत्रमा गरिएका प्रतिवद्धता करिब ८० प्रतिशत पुरा भएका छन् । जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत र सडकका कुरा थिए । आधारभुत विकासमा जनतालाई पुर्याउने हाम्रो घोषणा करिब पुरा भएको छ ।

तपाइँ निर्वाचित भएपछि वडामा के परिवर्तन भयो ?
म निर्वाचनको बेला भोट माग्न जाँदा हिँडेर भोट माग्न गएको थिएँ । मैले त्यतीबेला नै भनेको थिएँ, अब हिँडेर होइन सबै टोलटोलमा सडक पुर्याउछु भनेर । त्यतिबेला सडक थिएन ।

अहिले सबै टोलमा सडक पुगेको छ । अर्को शहरी स्वास्थ्य भवन निर्माण गरि सेवा प्रदान गरिएको छ । शिक्षामा पनि दर्जनौ भवनहर निर्माण गरिएका छन् । पहिले खानेपानी पनि सबैको पहुँचमा थिएन। अहिले आधा दर्जनभन्दा धेरै साना खानेपानी आयोजना निर्माण गरि सबैको पहुँचमा पुरयाएको छ ।

केही खानेपानी आयोजना सम्पन्न हुने अन्तिम चरणमा छन। म निर्वाचित हुने बेला एउटा टोलमा मात्र रहेको विद्युत सेवा अहिले अधिकांस टोलमा पुगेको छ । विगतको भन्दा अहिले सबै नागरिकहरुको विकासको पहुँचमा पुगेका छन् ।

काम गर्दा के कस्ता चुनौती भोग्नुभयो ?
जनताका थुप्रै अपेक्षा थिए । ति सबै अपेक्षा वडाको सानो बजेटले हामीले पुरा गर्न सकेनौं । सबैभन्दा ठुलो चुनौती त्यही थियो । दोस्रोमा भन्नुपर्दा विकासका काम गर्दा बाधा अड् चनहरु आए । थुप्रै चुनौती थिए ।

चुनौतीलाई चिर्दै हाम्रो क्षमताले भ्याएका सबै काम पुरा गर्न सक्यौं । हवडाका मुख्य समस्या के छन् ? मेरो वडाको मुख्य समस्या भनेको गुर्भाकोटको सबैभन्दा विकट भएकाले पहिलो समस्या त त्यही हो ।

हामीले धेरै विद्यालय भवनहरु निर्माण गरेखपनि अझै केही विद्यालय भवनहरु सुधार गर्नुपर्ने छ । सिंचाइ सुविधा पुगेको छैन, सिंचाइ सुविधा सबै ठाउँमा पुर्याउनु छ । वडाका समस्या अझै छन् । हफेरि पनि चुनाव लड् नुहुन्छ त ?

म भन्दा अझै सक्षम व्यक्ति आएर राम्रो विकासको काम गर्नुहोस् भन्ने हो । तर जनताको माग र पार्टीले जिम्मेवारी दिएको खण्डमा जिम्मेवारीबाट भाग्ने कुरा पनि भएन ।

बजेट कार्यान्वयन कसरी भइरहेको छ ?
वडामा सानो बजेट आउँछ । त्यो बजेटले सबै क्षेत्रलाई समेट् नुपर्ने हुन्छ । वडाका हरेक क्षेत्रलाई चलायमान गराउन हामीले सबै क्षेत्रमा नै बजेट विनियोजन गरेका छौं । विशेषगरी हामीले शिक्षा, स्वास्थ्य र स्वरोजगारको क्षेत्रमा बजेट अलि प्राथमिकता दिएर कार्यान्वयन गरिरहेका छौं ।

वडामा रोजगारी सिर्जना गर्ने योजना के छन् ?
तपाइँले गम्भिर प्रश्न उठाउनुभयो । वडाको मुख्य समस्या नै यही हो । हाम्रो क्षमताले धेरै व्यक्तिहरुलाई रोजगारी दिन सक्दैनौँ । तथापि प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत हामीले निम्न आय भएका र बेरोजगार बसेका युवाहरुलाई रोजगारी दिइरहेका छौं ।

वडाको तर्फबाट पनि कृषि, पशुपालन र विभिन्न आयआर्जनमुलक सीप सिकाएर केही व्यक्तिहरुलाई स्वरोजगारको बाटोमा लगाएका छौं । वडामा बजेटको आकार ठुलो भएको भए धेरै युवाहरुलाई गाउँमै रोजगारी दिन सकिन्थ्यो ।

तपाईको प्रतिक्रिया