तेस्रो विवाह कसुरमा भखरै जेलबाट छुटेका वडा कुमाइ एमाले प्रवेश

दुर्गा विसि आसाेज,११ सल्यान । तेस्रो विवहाको कसुरमा भखरै हिरासतबाट छुटेका सल्यान बनगाड कुपिण्डे वडा नं ९ का वडा अध्यक्ष इन्द्र कुमाइ एमाले पार्टी प्रवेस गरेका छन् ।नेकपा एमाले जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले एक कार्यक्रमका विच तामझामका साथ उनलाई पार्टी प्रवेस गराएका छन् ।संविधान दिवसको अवसरमा असल चालचलन भएका ७ जनालाई कैदिलाइ सजाय मिनाहा भए अनुसार उनको तेस्रो श्रीमति सहित उनी छुटेका थिए ।

घरमा २ जना श्रीमती र दुबै श्रीमती तर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको भनी स्थानिय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा २०७७ मंसिरमा उजुरी दिएको आधारमा जिल्ला अदालत सल्यानबाट पक्राउ अनुमति लिई आरोपीत दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।कुमाईले स्थानिय नोखबहादुर बोहोराकी श्रीमती ग्वाँमीलाई मंसिर १ गते भगाएका थिए । गौरीका ५ छोराछोरी छन भने, कुमाईका पहिलाकै २ श्रीमती बाट चार छोराछोरी छन ।

गौरी र कुमाइले क्रमशः ४६ र ५२ बर्षका उमेरमा बिहे गरेका हुन । गाउँकि जान्नेमान्ने ठानिने गौरीलाई वडाध्यक्ष्य कुमाइले उपभोक्त समितिमा नछुटाई राख्ने गरेका थिए ।उनिहरु विच निकै लामो सम्बन्ध रहेकोले अन्त्यमा आफ्नो पदनै धराप पारि उनले त्यो कार्य रोजेका थिए ।उनिहरू बिचको अवैध सम्बन्ध स्थानिहरूले पनि गाइगुइ सुन्ने गरेको थिए ।

कुमाई स्थानीय तहको निर्वाचनमा बनगाड कुपिण्डे वडा नं ९ बाट तत्कालीन माओवादी बाट निर्वाचित भएका थिए ।
वडा नं ९ को अगुवा कार्यकर्ता भेलामा उनी सहित नेकपा माओवादिका दुई दर्जनभन्दा वढि कार्यकर्ता प्रवेस गरेको नेकपा एमाले नगर कमिटि सदस्य दलवहादुर वस्नेतले वताए । नेकपा एमाले वडा कमिटी अध्यक्ष लोकेन्द्र बुढाथोकीको अध्यक्षता र नेकपा एमाले जिल्ला अध्यक्ष गोबिन्द कुमार पुनको प्रमुख आतिथ्यमा वडास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियोे ।

कार्यक्रमको संचालन नगर कमिटी सदस्य डिल्ली बुढाथोकीले गरेका थिए भने स्वागत मन्तव्य अनेरास्ववियु जिल्ला कमिटी सदस्य एवम् वडा कमिटी सदस्य देबेन्द्र कुमाईले गरेको वताएको छ ।नेकपा माओवादी पाटिका पुर्व अध्यक्ष ईन्द्र कुमाई सहित २८ र त्यस्तै नेपाली काङ्ग्रेसबाट पनि एमालेमा ३ जनाले पाटि प्रवेश गरेका थिए । आजको भेलाले लोकेन्द्र बुढाथोकीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।त्यस्तै गरि अनिल बस्नेतको अध्यक्षता रहेको ३३ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल पनि गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया