चीनबाट पहिलो चरणमा ४०० खाली अक्सिजनको खाली सिलिन्डर ल्याइने

रासस । काठमाडौं : सरकारले चीनबाट पहिलो चरणमा ४०० खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ। उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा ४०० खाली सिलिन्डर ल्याउन थालेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

सिलिन्डर ल्याउनका लागि वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ। २० हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ।

नेपाल सरकारको अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर ल्याउन थालेको हो। नेपालमा अहिले अक्सिजन सिलिन्डर ६ हजार २८८ रहेको र दैनिक एक हजार ४११।५ लिटर खपत भइरहेको जनाइएको छ।

चीनबाट पहिलो चरणमा ४०० खाली अक्सिजनको खाली सिलिन्डर ल्याइने

भारतमा कोरोनाको तेस्रो लहर निश्चित : वैज्ञानिक

चीनबाट पहिलो चरणमा ४०० खाली अक्सिजनको खाली सिलिन्डर ल्याइने

कर्णाली प्रदेशमा ११२ स्वास्थ्यकर्मी भर्ना

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds