जापान जाने सपना त्यागे लोकसेवामा नाम निस्कियो

जापान अधिकांश नेपाली युवाहरुको रोजाइको गन्तव्य हो । राम्रो रोजगारी र पढाइ दुबै हिसावले पछिल्लो समय जापान युवाहरुको रोजाइमा परेको छ । २०७० सालतिर त्यही जापानको रहरले तान्थ्यो क्ष्मण शाहीलाई पनि । २०७२ सालमा जापानको तयारीका लागि दैलेखबाट सुर्खेत झरे । सुर्खेतमा जापानीज भाषा कक्षाको पढाइ हुने राम्रो ठाउँ नभेटेपछि उनी काठमाडौं लागे । करिव सात महिना जापानीज भाषाको तयारी पनि गरे । तर काठमाडौं बसाई उपलब्धिमूलक भएन । त्यसपछि उनले नेपालमै अवसरहरु खोज्ने निधो गरे । जापान जाने रहर त्यागे । निरन्तरको मेहनतपछि २०७६ सालमा सफलता हात पारे । प्रस्तुत छ, हाल उच्च अदालत सुर्खेतमा नायव सुब्बा पदमा कार्यरत उनै लक्ष्मणको जीवन भोगाइमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश

 

     लक्ष्मण शाही नायव सुब्वा, उच्च अदालत, सुर्खेत

 

बुवाआमालाई खेतीपातिमा सघाउँथे

लक्ष्मण शाही बुवा जीरबहादुर र आमा नन्दकलाका पहिलो सन्तान हुन् । २०५४ साल पुस २२ गते दैलेखको ठाँटीकाँध गाउँपालिका–२ लकान्द्रामा कृषक परिवारमा उनको जन्म भयो । उनका आमाबुवाले कृषि पेशा गर्थे । तर दुःख अनुसारको आम्दानी हुन्थेन ।

तर पनि कृषिमै रमाउँथे । कृषि पेशामै भविष्य खोज्थे । बुवाआमाको कृषि पेशामा गरेको अथाह मेहनतबाट उनले धैर्यता र परिश्रम गर्न सिके । ‘सानैदेखि बुवाआमाई खेतीपातिमा सघाउँथे’ उनी भन्छन्, ‘धैर्यता र परिश्रम मैले बुवाआमाबाट नै सिकेको हुँ ।’ लक्ष्यअनुसार निरन्तरको मेहनत र धैर्यताबाट मात्रै सफलता हातपर्ने उनको अनुभव छ ।

अभावसँग हारेनन्

लक्ष्मण गाउँमा जन्मिए, गाउँमै हुर्किए । तर गाउँमा भविष्य देखेनन् । बुवाआमाले गरेको कृषि पेशाबाट आफ्ना रहर र आवश्यकताहरु पुरा हुने ठानेनन् । हुर्कदै गर्दा स्थायित्व र सुनौलो भविष्यको खोजीमा लागे । २०७२ पछि अनेक सपना देखेर गाउँ छोडेर शहर छिरे ।

अधिकांश युवाको रोजाइमा पर्ने जापान जाने योजना बनाए । सुर्खेत र काठमाडौँमा बसेर जापान जानको लागि तयारी गरे । तर सामान्य आर्थिक स्थिति र बाटो देखाउने अग्रजको अभावमा जापान जाने सपना पुरा भएन ।

त्यसपछि जापान जाने सपना त्यागे । बरु अकंलको सुझावअनुसार लोकसेवाको तयारी गरे । गाउँबाट अन्नपात र खसीबाख्रा बिक्री गरेर बुवाआमाले दुईचार पैसा खर्च पठाए । आर्थिक अभावमा कति आवश्यकताहरु अधुरै राखे । तर आफ्नो लक्ष्य र उद्देश्यहरु भुलेनन् । अभाव, असफलता, दुःख र पीडादेखि हारेनन् ।

परिणामतः २०७६ साल असार २३ गते लोकसेवाको परीक्षा उतिर्ण भए । ‘लोकसेवा आयोगमा उत्तिर्ण हुँदा जीवनमा सबैभन्दा धेरै खुशी भएँ’ उनी भन्छन्, ‘अभावदेखि नहारेकै कारण सफलता मिलेको हो ।’

लक्ष्मणले गाउँकै दशरथ निम्न माध्यमिक विद्यालयबाट कक्षा १ देखि ८ को अध्ययन गरेका हुन् । ९ देखि प्लसटुसम्म कृष्ण माध्यमिक विद्यालयमा अध्ययन गरेका उनले २०७२ सालको एसएलसी पास गरे । हाल रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौँमा ब्याचलरमा अध्ययनरत छन् । माध्यमिक तहमा अध्ययन गर्दा भलिबल खेलमा बहुत रुचि राख्थे ।

योगा र ध्यान गर्दै पढे

योगा र ध्यान जीवनलाई सत्मार्गमा डो¥याउने बाटाहरु हुन् । जसले शरीर र दिमाग बुदैलाई सक्रिय बढाउन मद्दत गर्दछ । भनिन्छ, योगा र ध्यानले मनोविज्ञानलाई विजय हाँसिल गर्न जित्न प्रेरित गर्दछ । हारे पनि उर्जा मर्न दिँदैनन् ।

हो, यही विधिको भरपुर प्रयोग गरे लक्ष्मणले पनि । ‘प्लसटु पढ्दा त विहान तीन घण्टासम्म योगा र ध्यान गर्थे’ उनी भन्छन्, ‘ध्यान र निरन्तरको मेहनत नै मेरो लागि सफलताका सुत्रहरु बने ।’ योगा र धानले मनलाई एकीकृत गर्ने र प्राथाणले सत्मार्गमा हिँड्ने सिकाउने उनको बुझाइ छ । धानले परिणाममा हारे पनि आत्मबल टुट्न निदने उनी बताउँछन् ।

पढाइ र रोजगारी सँगसँगै

शिक्षा अर्थात पढाइ रोजगारीको आधारशिला हो । शिक्षा विनाको रोजगारी असम्भव जस्तै हुन्छ । यही कारण हरेक व्यक्तिको रोजाइमा पहिले शिक्षा अनि रोजागारी पर्छ । तर लक्ष्मणले भने शिक्षा लिएर मात्रै भविष्य सुनिश्चित हुन्छ भन्ने ठानेनन् ।

बरु पढाइ र रोजगारीलाई सँगसँगै लैजाने योजना बनाए । राम्रो रोजगारी र उच्च शिक्षाकै लागि जापान जाने योजना बनाए । कारणबसः त्यो योजना पुरा भएन । जापान जाने योजना त्यागेर नेपालमै रोजगारीका अवसरहरु खोजे । स्थायीत्वको लागि निजामति क्षेत्र रोजे । प्लस्टु पढ्दै गर्दा लोकसेवाको तयारी गरे  ।

२०७६ सालदेखि उनी उच्च अदालत सुर्खेतको नायव सुब्बा पदमा कार्यरत छन् । रोजगारीमा रहँदासम्म इमान्दारपूर्वक राष्ट्र र सेवाग्राहीप्रति जवाफदेही बन्ने उनको प्रतिबद्धता छ । रोजगारीमा जोडिए पनि पढाई पनि निरन्तरता दिएकै छन् । काठमाडौंको रत्नराज्य क्याम्पसका स्नातक तहमा अध्ययनरत छन् । बाँकी पढाइ र रोजगारी पनि सँगसँगै अगाडि बढाउने उनको योजना छ ।

तपाईको प्रतिक्रिया