कीर्तिपूरले निजामति बनायो

पहिले–पहिले पढेलेखेका व्यक्तिहरु शिक्षक बन्नुपर्छ भन्ने मान्यता राखिन्थ्यो । कुनै समय त पढेपछि निजामति र अन्य क्षेत्रमा पनि जागिर पाइन्छ भन्ने अधिकांशलाई जानकारी हुन्थेन । दैलेखको नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले पनि पहिले शिक्षक बन्ने सपना देखेका थिए । शिक्षक बन्ने उद्देश्यले शिक्षा संकायमा     स्नातकोत्तरसम्म अध्ययन गरे । प्सलटुको शिक्षक बन्ने उद्देश्यले स्नातकोत्तरको पढाइ पुरा गर्न काठमाडौं छिरेपछि भने 

जागिरको लक्ष्य बदलियो । काठमाडौंको कीर्तिपूरमा लोकसेवाको तयारी गर्नेहरुको माहोलले उनलाई लोकसेवा पढ्ने रहर लाग्यो । प्रस्तुत छ, उनै बुढासँगको निजामति क्षेत्रको अनुभव र जीवन भोगाइमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश ः
सानोमा मेलापात
रेशम सामान्य किसान परिवारमा जन्मिए । किसान परिवारमा जन्मिएकै कारण मेलापात गर्दै हुर्किए । गाउँमै दाउरा र गोठालो गर्दै बालापान विताए । ‘ किसानले गर्ने सबै जिम्मेवारी सानैमा सिके’ उनी भन्छन्, ‘घाँस दाउरा र मेलापात त मेरो दैनिकी नै थियो ।’ पढ्ने उमेरमा पनि साँझ विहान मेलापात गर्न छुटेन । उनी बुवा भिमबहादुर र चित्राकुमारी बुढा माइलो छोरा हुन् । विस २०४२ फागुन १ गते ढुङ्ेश्वर गाउँपालिका ४–पराजुलमा उनको जन्म भएको हो ।
पढाइमा जेहेनदार
रेशम सानैदेखि पढाइमा अब्बल थिए । कक्षा १ देखि १२ सम्म पढ्दा प्राय प्रथम नै हुन्थ्ये । ‘प्लसटुसम्म प्रायः फष्ट हुन्थ्ये’ उनी भन्छन्, ‘ कहिलेकाहीँ मात्रै दोस्रो र तेस्रो पनि आएँ ।’ माध्यामिक तहसम्म उनी तेस्रो स्थानभन्दा कहिले तल झरेनन् । गाउँकै सीता जनसहयोग माध्यामिक विद्यालयमा पराजुलबाट कक्षा १ देखि १२ सम्म अध्ययन गरेका हुन् । सुर्खेत क्याम्पस (शिक्षा) बाट स्नातक र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर तह पुरा गरेका छन् ।
अत्तिरिक्त क्रियाकलापमा अब्बल
विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप सिकाउन हरेक हप्ता विद्यालयमा कुनै न कुनै क्रियाकलाप हुन्छ । रेशम अध्ययनरत विद्यालयमा पनि हाजिरीजवाफ, वादविवाद त कहिले खेलकुद प्रयोगिताहरु भइरहन्थे । विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप मध्ये हाजिरीजवाफ, निवन्ध लेखन र वादविवाद प्रतियोगितामा रेशम सधै सहभागी हुन्थे । पढाइमा अब्बल

भएकै कारण विद्यालयदेखि जिल्ला स्तरिय प्रतियोगितामा उनीको सहभागिता अनिवार्य जस्तै गथ्र्याे । संयोग भनौँ या उनको क्षमता । वादविवाद र हाजिरीजवाफ प्रतियोगितामा कुनै न कुनै स्थान ल्याएर छोड्थे । ‘खेलकुदमा खासै रुचि राख्थेन, वादविवाद र हाजिरीजवाफ प्रतियोगिता मेरो रुचिका विषय थिए’ उनी भन्छन्, ‘ विद्यालयदेखि जिल्ला स्तरिय प्रतियोगितामा सहभागी हुन्थे, तर कहिले खाली हात फर्कनु परेन ।’ खेलकुद प्रतियोगितामा भने खासै रुचि राख्थेनन् ।
शिक्षक बन्ने रहर
रेशम सानैदेखि शिक्षक बन्न चाहान्थे । घरपरिवार र आफन्तले पनि पढेर शिक्षक बन्थे । पढ्दै जाँदा रेशमले पनि शिक्षक बन्ने सपना देखे । शिक्षक बन्नकै लागि शिक्षा संकायमा स्नातक तहसम्मको अध्ययन गरे । ‘आमाबुवाले नै छोरो शिक्षक होस् र गाउँमै पढाओस् भन्ने सोच्नुहुन्थ्यो’ उनी भन्छन्, ‘उहाँ (आमाबुवा) कै भनाइअनुसार सानैदेखि शिक्षक हुने बन्न रहर पलायो ।’

प्लसटुको शिक्षक बन्ने रहरै रहरमा स्नातक तहसम्मको अध्ययन गरेको उनी बताउँछन् । ‘अन्य जागिरको विषयमा थाहा नै थिएन’ उनी भन्छन्, ‘प्लसटुको शिक्षक बन्नकै लागि मास्टर (स्नातक तह) पढ्न काठमाडौँ गएको हुँ ।’
अनि निजामतिमा...
काठमाडौको कीर्तिपूर क्षेत्र अधिकांश विद्यार्थीहरुको वासस्थान हो । त्यहाँ अहिले पनि त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने र लोकसेवा आयोगको तयारी गर्ने विद्यार्थीले भरिएको छ । २०६४ पछि रेशम पनि स्नातकोत्तर तह पुरा गर्न त्यही कीर्तिपूर पुगे । प्लसटुको शिक्षक बन्ने सपना बोकेर कीर्तिपूर पुगेका रेशमलाई त्यहाँको परिवेशले बदल्यो । लोकसेवाको ट्यूसन पढ्ने

विद्यार्थीको भीडले उनको ध्यान खिच्यो । स्याङ्झा र गुल्मीका साथीको संगतले रेशमलाई पनि लोकसेवा पढ्ने रहर जाग्यो । ‘कीर्तिपूरको माहोल देखेर लोकसेवा पढुँपढुँ लाग्ने थियो, क्याम्पस पढ्ने अधिकांश साथीहरु पनि निजामति जागिरे थिए’ उनी भन्छन्, ‘कीर्तिपूरको बसाइले निजामति क्षेत्रमा डो¥यायो ।’ अन्ततः प्लसटुको शिक्षक बन्ने सपना देखेर स्नातकोत्तरको पढ्न कीर्तिपूर पुगेका उनी निजामति कर्मचार बनेर फर्किए । निजामति क्षेत्रले नै सबैभन्दा बढी सन्तुष्टि दियो । २०७५ सालमा अधिकृत हुँदा जीवनमा सबैभन्दा धेरै खुशी भएको रेशम बताउँछन् ।
गाउँमै बसेर सेवा गर्न चाहना
कर्मचारीलाई आफ्नो क्षेत्रमा बसेर सेवा गर्न चाहादैनन् । स्थानीयको दवाव र प्रभावबाट बच्न भए पनि कर्मचारीहरु आफ्नो क्षेत्रमा बस्न रुचाउँदैनन् । तर रेशम भने आफ्नै क्षेत्रमा बसेर सेवा गर्न रमाउँछन् । ‘मलाइ त आफ्नै क्षेत्रमा सेवा गरुँ भन्ने लाग्छ’ उनी भन्छन्, ‘ मिलेसम्म आफ्नै जिल्लामा बसेर सेवा गर्छु ।’ आफू जन्मेको, हुर्केको क्षेत्रमा सेवा गर्न पाउँदा बढी खुशी

मिल्ने उनको तर्क छ । निजामति क्षेत्रमा आएदेखि अधिकांश समय रेशमले आफ्नै जिल्लामा विताएका छन् । २०६९ सालमा खरिदार हुँदा उनी दैलेख हुकालमा थिए । २०७१ साल नायव सुब्वा भएपछि केही समय सर्वाेच्च अदालत काठमाडौँ विताए । २०७५ सालदेखि हालसम्म दैलेखको नारायण नगरपालिकालाई कार्यथलो बनाएका छन् । गत साउनदेखि उनले निमित्त कार्यकारी भएर नगरपालिकाको नेतृत्व सम्हालेका छन् । निजामति सचिवसम्म पुग्ने लक्ष्य बनाएका उनको अवकाशपछि वैदेशिक गुटिनीतिका क्षेत्रमा सेवा गर्ने रहर छ ।

तपाईको प्रतिक्रिया