टिप्पर काण्ड : पिडीत र प्रशासन बिच सहमति

दिनेश बुढा

सुर्खेत : मंगलबार टिप्परको ठक्करबाट एक युवाको ज्यान गएपछि तीन दिन सम्म भएको उग्र प्रदर्शन रोख्न पाँच बुधे सहमती भएको छ । पीडितका आफन्त, टिप्पर मालिक र प्रशासनबीच बिहीबार भएको पाँच बुदे सहमतिपछि आन्दोलन फिर्ता भएको हो ।

टिपर चालक राजकुमार बोहोरा प्रहरी नियन्त्रणमा आइसकेकोले निजलाई हदैसम्मको कारवाहीको लागी किटानी जाहेरी पिडीत पक्ष दिई कानूनी कारवाहीको लागी अगाडी बढाउँने, पिडीत पक्षलाई कानून बमोजिम क्षतिपुर्तिको लागी तत्काल प्रक्रिया बढाउँने सहमती भएको छ ।

पिडीतको परिवारलाई थप राहत प्रदान गर्न प्रदेश सरकार, कर्णाली प्रदेश र घट्नालाई लिएर भएको आन्दोलनको क्रममा घाईते हरुको उपचारको लागी कर्णाली प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय र सम्वन्धित निकायमा समेत अनुरोध गर्ने ।

साथै लास पोष्टमाटमका लागी कर्णाली प्रदेश अस्पतालमा राखिएको र आजै पोष्टमाटम गरेर सदगदको लागी पिडीत पक्षले बुझी लिने र घट्नालाई लिएर भएका सम्पुर्ण विरोधका कार्यक्रम आज (बिहिबार) देखी फिर्ता लिई स्थितिलाई सामान्य तुल्यान सबै पक्षले पहल गर्ने समति भएको छ । पीडितका आफन्त, टिप्पर मालिक हरि बिसी र प्रशासनबीच सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएका छन् ।

पीडितका मागहरुको सम्बोधन गर्न नसकेको भन्दै मृतकका आफन्त र स्थानीयवासीले आज बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन र यातायातका साधन ठप्प पारेका थिए । आन्दोेलनका क्रममा प्रहरीको लट्ठी लागेर दैलेखका ११ वर्षीय विमल नेपाली घाइते भएका थिए ।

टिप्पर काण्ड : पिडीत र प्रशासन बिच सहमति

टिप्परले ज्यान लिएपछि सुर्खेतमा आन्दोलन उग्र, बालकको

टिप्पर काण्ड : पिडीत र प्रशासन बिच सहमति

भेरी बबई आयोजना लालपुर्जा नहुनेले तत्काल मुआब्जा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds