कोरोना रोक्न त्रिपुरासुन्दरीमा पुजा

डोल्पा, १६ चैत्र ।
विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रकोप देशभर र जिल्लाभर नफैलियोस भन्दै डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा महाकाली देवीको विशेष पुजाआजा गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं. १ मा पर्ने त्रिपुराकोट गाउँका सम्पुर्ण महिलाहरुले अद्भुत शक्तिपिठको रुपमा परिचित त्रिपुरासुन्दरी मन्दिरमा महाकाली देवीको विशेष पुजाआजा गरेका हुन् ।

स्थानीय धामी, झाँक्रि र पण्डितहरुले विश्वभर फैलिरहेको कोराना भाइरस रोगको प्रकोप कमगर्न महाकालीको पुजाआजा सँगै स्मरण गर्न सिकाएकाले विधिवत रुपमा महाकालीको पुजा गरी देशवासी र जिल्लाबासी कुशलताको कामना गरिएको आमा समुह त्रिपुराकोटका अध्यक्ष भगवती न्यौपानेले बताउनुभयो ।

त्रिपुरासुन्दरी मन्दिर देवीहरुको पुर्ण पिठ भएकाले देशमा अखट विखट आइपर्दा यसरीनै पुजागर्ने गरेको र यसो गर्दा शान्ति कायम हुने रोगव्याधि हट्ने विश्वास रहेको न्यौपानेले बताउनुभयो । संसारमा जुन घटना घट्छ सबै इश्वरको अधिनमै हुने भएको बताउँदै भगवानको स्मरणगर्ने भक्तलाई परेका दुखकष्ट पनि सहजै हरणहुने र कोरोनाको प्रकोप जिल्लामा नफैलिने महिलाहरुको विश्वास छ ।

महाकाली देवीलाई कालनास गर्ने, महामारी रोग नास गर्ने, दुख नास गर्ने, भयनास गर्ने, विश्व संकट हरण गर्ने देवीको रुपमा चिनिने र उनको विशेष पुजाआजा गर्नाले सम्पुर्ण संकट हट्ने त्रिपुरासुन्दरी मन्दिरका पुजारीहरुले बताए ।
त्रिपुराकोटमा गठन भएका आमा समुहको अध्यक्ष भगवती न्यौपाने, नगरस्तरीय महिला सञ्जालका अध्यक्ष गोमा उपाध्याय, महिला समुहका अध्यक्ष यमुना उपाध्याय, समाजसेवी रम्बादेवी उपाध्याय, लक्ष्मी रोकाय, दुर्गादेवी न्यौपाने लगायतका सम्पूर्णहरु महिलाहरुले सामुहिक पुजाआजा गरेका हुन् ।

त्रिपुराकोटका सम्पुर्ण महिलाहरुले प्रतिव्यक्ति १ सय ५० का दरले पैसा उठाएर पुजासामग्रीहरु किनेकाहुन् । महिलाहरुले शुक्रवार बेलुकी देखि मन्दिरमा ध्वनी जगाइ जाग्राम बसेर शनिवार विहान गंगामा नुहाइधुवाइ गरेर महाकाली देवीको पुजाआजाको सुरुवात गरेका थिए ।

सरकारले लकडाउन घोषणा गरेकाले प्रहरीले मन्दिरमा सम्पुर्ण महिलाहरुलाई जमघट गर्न भने दिएको छैन् । त्रिपुरासुन्दरीमा दर्शन गर्नका लागि देश विदेश बाट भक्तजनहरु आउने गर्छन् । यहा दर्शन गर्नाले मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेको छ ।

कोरोना रोक्न त्रिपुरासुन्दरीमा पुजा

कोरोना विरुद्ध गम्भिर भएन प्रहरी प्रशासन र

कोरोना रोक्न त्रिपुरासुन्दरीमा पुजा

कोरोना भाईरसको महामारीवाट जोगिन नागरिक भूमिका

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds