थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं, १३ असोज ।

पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या ५५ हजार ३७१ पुगेको मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।

देशभरका स्वास्थ्य प्रयोगशालामा आज १० हजार ८१२ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म देशभर कूल सङ्क्रमितको सङ्ख्या ७६ हजार २५८ पुगेको छ । हाल मुलुकभर सक्रीय सङक्रमितको सङ्ख्या २० हजार ३९६ रहेको उनले बताए । यसैगरी देशभरका विभिन्न क्वारेन्टिनमा ५ हजार ७७८ जना रहको छ ।

पछिल्लो २४ घण्टामा १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४९१ पुगेको छ ।

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

मन्त्रीमण्डल पुनर्गठनमा ओली-प्रचण्डबीच आज पनि कुरा मिलेन

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

जीप दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds