कर्णालीमा १६ जना प्रतिवादी पक्राउ

सुर्खेत, १३ असोज ।
कर्णाली प्रदेशमा विभिन्न जिल्लाबाट १६ जना फरार प्रतिबादी पक्राउ परेका छन् । शनिबार र आइतबार गरी सुर्खेत, दैलेख, मुगु र कालिकोटबाट १६ जना जना फरार प्रतिवादीहरु पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ परेकामध्ये दैलेखबाट गाली बेईज्यती मुद्दाका आठ जना, बनमुद्धाका सुर्खेतबाट दुई जना, धनमाल मुद्दाका मुगुबाट एक जना र कालिकोटबाट जुवामुद्दा र कर्तव्य ज्यान मुद्दाका दुइ÷दुइ जना रहेको प्रदेश प्रहरी कार्यालयका प्रवत्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।







Yamji Kandel
30th Sep 2020अदालत ले या प्रसासन ले सर्बसाधारन ब्यक्तिलाई मात्र खोजी खोजी पक्राउ गर्दो रहेछ ।।२०६५ सालमा भेरिगङामा सरकारी जग्गा कब्जा गरि बसेका भबिलाल सुनारले अदालत बाट मुद्द हारे पछि अदालतले सो जाग्गा सरकारी मातहत्मा ल्याउनु र सरकारी कामकाज्मा लगाउनु ब्गनी आदेश दियो ।हाल सम्म त्यो करोडौं मूल्य पर्ने जग्गा अझैसम्म स्थानीय सरकार र जिल्ला प्रसासनको आँखा पुगेको छैन कानुन के सर्बसाधारण जनतालाई मात्र लागू हुने होकि अदालत को अपहेलना गर्नेलाई पनि लाग्छ ???