मदन भण्डारीको जन्म जयन्तीमा रक्तदान र बृक्षारोपण

सुर्खेत, १४ असार ।
जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्ती विविध कार्यक्रम गरी सुर्खेतमा मनाइएको छ । मदन भण्डारी फाउण्डेशन सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ भने मदन भण्डारी स्पोट्र्स एकेडेमी सुर्खेतको आयोजनामा बृक्षारोपण गरिएको छ ।

ऋषि स्मृति भवन नेकपा पार्टी कार्यालय सुर्खेतमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बोल्दै नेकपा नेताहरुले मदन भण्डारीको जवज अहिलेको अवस्थामा पनि उत्कृष्ट भएको बताए । जनताका बहुदलिय जनवाद नेपाली राजनीतिको नयाँ प्रयोग र अभ्यास भएको बताउँदै नेपाल राजनीतिलाई जवजले नै मार्गनिर्देश गरेको दावि गरेका थिए ।

नेकपा केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज नर बहादुर विष्ट, केन्द्रीय सदस्य तथा सहइन्चार्ज झग बहादुर मल्ल, नेकपा केन्द्रीय सदस्य निरज आचार्य सहितले बोलेका थिए । मदन भण्डारी फाउण्डेशन जिल्ला कमिटी सुर्खेतका अध्यक्ष टेकेन्द्र कुमार वस्नेतको अध्यक्षतामा सम्पन्न भएको रक्तदानमा नेकपा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

स्पोट्र्स एकेडेमीको बृक्षारोपण
मदन भण्डारी स्पोट्र्स एकेडेमी सुर्खेत जिल्ला कमिटीको आयोजनामा अम्बिकादेबि सामुदायिक वन उपभोक्ता समूह वीरेन्द्रनगर–११ गाग्रेतालमा सयौंको संख्यामा विभिन्न जातका बिरुवाहरु रोपिएको छ । बृक्षारोपण कार्यक्रम मदन भण्डारी फाउण्डेसन कर्णाली प्रदेश कमिटी सचिब कुलमणी देवकोटाको प्रमुख आतिथ्यता र स्पोट्र्स एकेडेमी सुर्खेतका अध्यक्ष तेज बिक्रम बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ ।

वीरेन्द्रनगर वडा नं. ११ का वडा अध्यक्ष नन्दलाल शर्मा, फाउण्डेसन सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेत, अनेरास्ववियुका सुर्खेतका संयोजक धुपेन्द्र शाही, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्ली कंडेल लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियोे । निकट भबिस्यमा उक्त स्थानमा मदन स्मृति बाटिका निर्माण गर्ने योजना रहेको प्रमुख अतिथि फाउण्डेशनका प्रदेश कमिटी सचिव देवकोटाले योजना प्रस्तुत गरेका थिए ।

मदन भण्डारीको जन्म जयन्तीमा रक्तदान र बृक्षारोपण

किसानलाई भैसी वितरण

मदन भण्डारीको जन्म जयन्तीमा रक्तदान र बृक्षारोपण

धान दिवसः औपचारिक कार्यक्रम नहुने

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds