सुर्खेतका १२ पत्रिका बन्द, एउटा नियमित प्रकाशित (भिडियाे सहित)

राष्ट्रिय समाचार समिति
सुर्खेत, १५ चैत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट प्रकाशित पत्रिकाहरु बन्द भएका छन् । वीरेन्द्रनगरबाट प्रकाशित एक साप्ताहिकसहित १२ पत्रिका बन्द भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले राससलाई जानकारी दिए ।

‘कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले यही चैत ११ गतेबाट ‘लकडाउन’ गरेपछि यहाँबाट प्रकाशित हुनै अधिकांश पत्रपत्रिका बन्द भएका छन,’ अध्यक्ष भारतीले भने, ‘नागरिकलाई सूचनाबाट वञ्चित हुन नदिन अनलाइनबाट भने निरन्तर समाचार प्रवाह गरिरहन्छौँ ।’

उनका अनुसार सुर्खेतबाट प्रकाशित हुने दैनिक पत्रिकामा हाम्रो नयाँ नेपाल, साझा बिसौनी, काँक्रेबिहार, कर्णाली पत्र, हाम्रो अखबार, स्काई न्यूज, सिद्धदर्शन, सुर्खेतपहिचान, लोकमञ्च, सुर्खेतपत्र, मालिका पोष्ट, जनचासो खबर र सुक्ष्म दृष्टि सहितका पत्रिका बन्द भएका छन् ।

वीरेन्द्रनगरबाट प्रकाशित हुने रंगिन ब्रोडसिट आकारको युग आव्हान दैनिक भने नियमित प्रकाशन भइरहेको छ । यस दैनिकका प्रकाशक÷प्रधान सम्पादक दीपक बुढाले संकटको बेला नागरिकलाई सही सूचना प्रवाह गरी सुसूचीत गर्ने कामबाट हट्न नहुने कुरालाई निक्र्योल गर्दै प्रकाशन कार्य नियमित राखिएको बताए ।

https://www.youtube.com/watch?v=cXJ3SK7hxkA

‘यो राष्ट्रिय तथा विश्वव्यापी संकट हो । विपद्, महामारी, संकट पर्दा मिडियाको सही सुचना दिने दायित्व, जिम्मेवारी र पेशागत धर्म हो तर यसबाट भाग्दा आम नागरिकले सही सूचना नपाउने हुन्छ त्यसैले हामीले संकटको अवस्थामा पत्रिकालाई निरन्तरता दिन सफल भएका छौं ।’ उनले भने, ‘कोरोनाबाट सुरक्षित रहन मास्क, ग्लोबलगायत स्वास्थ्य सामग्री प्रयोग गरी कार्यालयबाटै समाचार संकलन गरेर सकेसम्म पाठकसमक्ष पु¥याउने कोसिस गरेका छौँ ।’

सुर्खेतका १२ पत्रिका बन्द, एउटा नियमित प्रकाशित (भिडियाे सहित)

कालीकोटका ५५ जना क्वारेन्टाइनमा

सुर्खेतका १२ पत्रिका बन्द, एउटा नियमित प्रकाशित (भिडियाे सहित)

कोरोना विरुद्ध गम्भिर भएन प्रहरी प्रशासन र

1 Comment

  1. Bharat raj poudel
    28th Mar 2020 Reply

    Good job

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds