कर्णाली अध्ययन केन्द्रद्वारा दबाबमुलक कार्यक्रम

सुर्खेत, १२ असोज ।
बलात्कारी गरी निर्मम हत्या गरिएकी सम्झना विक र उनको परिवारलाई न्याय दिलाउन माग गर्दै कर्णाली अध्ययन केन्द्र नेपालद्वारा आइतबार विरोध प्रदर्शन गरिएको छ । मगंलगढी चोकबाट बलात्कारिलाई फाँसी दे, पीडितलाई न्याय दे ! justice for samjhana, मानवीयता कायम गरौं !, महिला हिंसा अन्त्य गरौं !! नारा लगाउदै बीरेन्द्रचोकमा पुगेर कोणसभा परिणत भएको थियो ।
उक्त कोण सभामा अनौपचारिक कार्यक्रमको संचालन कर्णाली अध्ययन केन्द्रका सचिवालय सदस्य दिपेन्द्र बि.सि. दिपुले गर्नुभएको थियोे । उक्त कार्यक्रममा उपस्थिति दिपक सिंह, लक्ष्मी न्यौपाने, बिज्ञानराज कार्कीले आफ्नो मन्तव्य तथा कविता राख्नु भएको थियो । कोण सभाको सम्बोधन महिला तथा बाल सञ्जालका केन्द्रीय सदस्य तथा आवाज संस्था सुर्खेतका निर्देशक पबित्रा शाहीले सम्बोधन गर्नुभएको थियो ।
उक्त कार्यक्रमको समापन कर्णाली अध्ययन केन्द्रका सचिवालय सदस्य अनेरास्ववियू म.प विश्वविद्यालयका सचिव तथा कार्यक्रमका संयोजक मिलन बि.सी.ले गर्नुभएको थियोे । उहाँले यतिबेला सर्वहारा बर्गको दुईतिहाइको सरकार हुँदा सर्वहारा बर्गले बरबर अपराध र अन्याय भोगेर पिडामा परिरहनु लज्जास्पद रहेको बताउनुभयो ।
सरकारले बलात्कारिलाई फाँसीसम्मको कडा भन्दा कडा सजाय दिलाउन ऐन तयार गरी लागु गर्नुे माग राख्नु भएको छ । यसो गरेमा बलात्कारका केहि घटना कम हुन्थे भन्नुभएको थियोे । मानवले जनावरको जस्तो व्यवहार गर्दा अपराध र अन्यायका गतिविधि बढिरहेको औल्याउँदै सभ्य समाज निर्माणका लागि हामी आफै नलागि सम्भब नरहेको जनाउनुभयो ।







