तिला नदीमा ¥याफ्टिङ परीक्षण सफल

जुम्ला, १३ साउन ।

जुम्लामा पहिलो पटक ¥याफ्टिङ परीक्षण सफल भएको छ । सफल भएसँगै साउन एक गतेदेखि जुम्लाको तिला नदीमा ¥याफ्टिङ सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा ¥याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड टुरले जनाएको छ ।

अहिले लामो तथा छोटो दुरीको प्याकेज बनाएर ¥याफ्टिङ चलिरहेको छ । ¥याफ्टिङका लागि जुम्लामा दुई वटा बोट ल्याइएको छ। गो कर्णालीका सञ्चालक ललित महतले अफ सिजनमा पनि तिला नदीमा ¥याफ्टिङ चलाउन उपयुक्त रहेको बताए । उनले भने, ‘¥याफ्टिङमा यात्रा गर्ने यात्रुलाई सुरक्षाका साधन प्रयोग गरिन्छ, एक दिनमा एक पटक ¥याफ्टिङ चलिरहेको छ ।’ आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउने र साहसिक तथा जल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ तिला नदीमा ¥याफ्टिङ सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

हिउँदको सिजनमा पानीको वहाव हेरेर सानो ¥याफ्टिङ चलाउने तयारी भइरहेको संञ्चालक उनले बताए । महतका अनुसार छोटो प्याकेज अन्तर्गत दानसाँघु देखि श्रीढुस्कासम्मको प्याकेजका प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्नेछ । लामो प्याकेज दानसाँघुदेखि राँकासम्म तोकिएको छ । यहाँ सम्म प्रति व्यक्ति दुई हजार रुपैयाँ शुल्क लाग्नेछ । ‘फुल डे प्याकेज’ का लागि २० हजार रुपैयाँ तोकिएको छ । ¥याफ्टिङ पर्यटकहरूका लागि रैथाने खाना र नास्ताको व्यवस्था समेत गरिने बताइएको छ ।

दानसाँघुबाट तातोपानीसम्म गएर तातोपानीमा नुहाउन पाइने व्यवस्था पनि मिलाइएको ¥याफ्टिङ सञ्चालन गर्ने कम्पनीले जानकारी दिएको छ । यहाँ आउने पर्यटकले मार्सी चामलको भात, तिलामा पाइने असला माछासमेत खान पाउने छन् । ¥याफ्टिङ चढ्दा तिलाको आसपासमा झुलेका मार्सी धान, स्याउ बगैंचा लगायतका सुन्दर दृश्य अवलोकन गर्न सकिनेछ ।

गर्मीयाममा कर्णालीमा र चिसोमा भेरी नदीमा ¥याफ्टिङ व्यवसाय संचालन गरिने योजना रहेको संचालक महतले बताए । उनले भने, ‘स्थानीय सरकार सँग समन्वय भएमा सिञ्जा क्षेत्रको हिमा नदी, पातारासी र गुठीचौरमा समेत संचालन गर्ने योजना छ ।’ जिल्ला प्रशासनले भने ¥याफ्टिङ संञ्चालनको लागी अनुमति दिइसकेको छैन ।

तिला नदीमा ¥याफ्टिङ परीक्षण सफल

पहिरोबाट पौने दुई करोडको क्षति

तिला नदीमा ¥याफ्टिङ परीक्षण सफल

सम्पादकीयः छोरीको सुरक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds