कमरेड प्रचण्ड मेराे पार्टी सदस्यता खारेज गरिदिनुहोला !

यो पत्र कम्रेड प्रचण्डसम्म पुगोस
प्रिय प्रचण्ड सलाम, 
तपाईसग बिताएका तेईस बर्षहरु बडो रोमञ्चकारी रहे सुरुका तपाईंका दस्तावेजहरु हेर्दा हाम्रा आङ्गहरु जिरिङ्ग हुन्थे । हामी तपाईंका योजनामा हाम्फल्थियौ बिना सर्त । पछि पार्टी तुट्फुट भयो, भताभुङ्ग भयो, तै पनि बिचार र राजनितिमा तपाईं नै हो भनेर हामी लागि रह्यौ । समकालिन राजनितिमा तपाईंले भूमिका निर्वाह गर्न सक्नुहुन्छ भन्ने नै लाग्थ्यो, तर बिडम्बना संगठनको मामिलामा केही दोषहरु केही समस्याहरु रहेछ्न भन्ने अहिले लागिरहेको छ । एकै पटक हो पनि होइन पनि भन्ने तपाईंको बानी अच्चम लाग्दो छ । नेताले हो वा होइन भन्न सक्नु पर्दछ तर तपाईंको बानी अगाडी सबै हो र पछाडी सबै होइन भन्ने देखियो ।

तपाईलाई नेस्तनाबुद्ध गर्ने, तपाईको हाड गोटेर चन्दन लगाउनेलाई आफ्नो देख्नु, पुस्कृत गर्ने र तपाईंलाई टाउकोमा बोक्नेलाई तिरिस्कृत गर्ने यो मौसम बडो हाँस्यास्पद छ । तपाईंलाई लाग्दो हो, दुई चार जना कर्पोरेट हाउस मिडिया र बिचौलिया भए राज्य ठिकै हुन्छ । तर हामी भुई मान्छेहरुले कति प्रश्नको जवाफ दिनुपर्छ त्यो हामीलाई नै थाहा छ, मैले एउटा उखान सम्झे “ढाँटको निम्तो खाई पत्याउनु“ तपाइको कार्य शैली मलाई त्यस्तै लाग्यो तपाईंको दुइ तिहाइको सरकार चिरायु रहोस । शुभकामना । मन लागे मेरो पार्टी सदस्यता खारेज गरिदिनुहोला । तपाईंकै गणेश भण्डारी । २०७७ बैशाख १५ गते साझ ७:३८ बजे फेसबुकमा पोष्ट
(तत्कालिन माओवादीमा २०५३ सालदेखि विद्यार्थी जिल्ला अध्यक्ष हुँदै आन्दोलनमा सहभागि, २०५६ सुर्खेत जेल जिवन, २०५८ सालमा सुर्खेत जेलब्रक, २०६३ सालमा साँस्कृतिक मोर्चाको केन्द्रीय महासचिव, २०७२ सालमा साँस्कृतिक मोर्चाको केन्द्रीय अध्यक्ष, चलचित्र विकास बोर्डको अध्यक्ष हुँदै, एकीकृत नेकपा माओवादीको पोलिटव्यूरो सदस्य, जनसाँस्कृतिक महासंघ पार्टी मोर्चाको केन्द्रीय संयोजक, पार्टी एकीकरण पछि कुनै पनि जिम्मेवारी उहाँले पाउनुभएकाे छैन ।)

कमरेड प्रचण्ड मेराे पार्टी सदस्यता खारेज गरिदिनुहोला !

बहिनी बलात्कार गर्ने दाइ पक्राउ

कमरेड प्रचण्ड मेराे पार्टी सदस्यता खारेज गरिदिनुहोला !

जाजरकोटलाई २६ हजार क्वीन्टल चामल माग

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds