अनशनरत डा. केसीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, ११ असोज ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी केही दिनअघि जुम्लाबाट काठमाडौं आएका कारण पीसीआर परीक्षण गरिएको थियो ।

१४ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको उपचारमा संलग्न चिकित्सक सुवासप्रसाद आचार्यले जनाएका छन्। उनका अनुसार डा. केसीलाई जुनसुकै बेला आईसियूको आवश्यकता पर्न सक्छ।

डा. केसीको रक्तचाप कम हुने, छाती दुख्ने, शरीर दुख्ने, मुटुको धड्कन छिटोछिटो हुने जस्ता समस्या देखिएको छ । उनी आफैं शौचालय पनि जान नसकेको उनका सहयोगीले बताएका छन्।

अनशनरत डा. केसीको कोरोना रिपोर्ट नेगेटिभ

सम्झौता अनुसार काम नगर्ने २१ निर्माण व्यवसायीलाई

अनशनरत डा. केसीको कोरोना रिपोर्ट नेगेटिभ

के निर्णय गर्‍यो आज बसेको मन्त्रिपरिषद् बैठकले

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds