ओली र प्रचण्डबीचको छलफल सकियो, मन्त्रिपरिषद् पुनर्गठन आजभोलि नै हुने

काठमाडौं, ११ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा छलफल केन्द्रित रहेको ओली निकट स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमेत रहेका ओलीनिकट स्रोतले दिएको जानकारीअनुसार दुई अध्यक्षबीच मापदण्ड र रोस्टर बनाउने विषयमा कुराकानी भएको हो ।

“उहाँहरूबीच मापदण्ड बनाउने विषयमा लामो कुराकानी भएको छ । निरन्तर छलफल भएको छ । सम्भवतः आजभोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ,” स्रोतले भन्यो, “मैले बिहान दुवै अध्यक्षसँग कुरा गरेको थिएँ, मन्‍त्रिपरिषद् हेरफेर अब टुङ्ग्याउनुपर्छ भन्दै हुनुहुन्थ्यो ।”

बालुवाटारनिकट स्रोतले मन्त्रिपरिषद्‍मा अब ल्याउने सदस्य अधिकांश नयाँ अनुहार हुने जानकारी दियो । “पटकपटक लाभ पाएकालाई भन्दा नयाँ र दुई(तीनपटक सांसद भएर पनि मन्त्री बन्न नपाएकालाई नै प्राथमिकता दिइने छ,” उनले भने । पूर्वएमाले घटकमा नयाँ अनुहारलाई प्राथमिकता दिए पनि पूर्वमाओवादीबाट भने दोहोरिने सम्भावना रहेको उनले बताए ।

पूर्वएमालेबाट यज्ञराज सुनुवार, विशाल भट्टराई, प्रेम आले, गणेश ठगुन्‍ना, विरोध खतिवडा आदिको नाम चर्चामा छ । पूर्वमाओवादीबाट देवेन्द्र पौडेल, जनार्दन शर्मा, पम्फा भुसाल आदिको नाम चर्चामा छ ।
बाह्रखरीबाट साभार

ओली र प्रचण्डबीचको छलफल सकियो, मन्त्रिपरिषद् पुनर्गठन आजभोलि नै हुने

जफत गरियो दीपिकासहित तीन अभिनेत्रीको फोन

ओली र प्रचण्डबीचको छलफल सकियो, मन्त्रिपरिषद् पुनर्गठन आजभोलि नै हुने

आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds