विभिन्न मुद्दाका फरार अभियुक्तहरु पक्राउ

सुर्खेत, १२ साउन ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गरी सम्बन्धित जिल्ला अदालतमा बुझाएको छ । २७ जना अभियुक्तहरुबाट १ वर्ष ६ महिना कैद र २८ हजार ७ सय १३ जरिवाना असुल भएको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतले साउन ९ गते कुटपिट मुद्दाका ४ जना, नाताकायम मुद्दाको १ जना, लुटपिट मुद्दाको १ जना, गरी ६ जना परार अभियुक्तलाई पक्राउ गरी सल्यान जिल्ला अदालतमा बुझाएको छ । यस्तै, साउन १० गते सवारी ज्यान मुद्दाको ३ जना, करकाप मुद्दाको १ जना, सम्बन्ध विच्छेद मुद्दाको १ जना, विविध मुद्दाको १ जना गरी, विविध मुद्दाको १ जना गरी जम्मा गरी ६ जना फरार अभियुक्तलाई पक्राउ गरी सल्यान जिल्ला अदालतमा बुझाइएको छ ।
त्यस्तै, साउन ११ गते सवारी ज्यान मुद्दाका २ जना, सम्बन्ध विच्छेद मुद्दाका १ जना, गाली वेज्जत मुद्दाका १ जना, जारी मुद्दाका १ जना, चेक अनधर मुद्दाका २ जना, करकाप मुद्दाका १ जना गरी ८ जनालाई पक्राउ गरी सल्यान जिल्ला अदालतमा बुझाइएको छ ।
यस्तै आज कर्तव्य ज्यान मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका १ जना जबरजस्ती करणी मुद्दाका १ जना केही सार्वजनिक मुद्दाका १ जना, जारी मुद्दाका १ जना, लुटपिट मुद्दाका १ जना सम्बन्ध विच्छेद मुद्दाका १ जना गरी ७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी सल्यान जिल्ला अदालतमा बुझाएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।






