सिटी बसपार्क संचालनमा अलमल, गुम्दै करोडौं आम्दानी, थपिदैं ऋण

सुर्खेत, १२ साउन ।

वीरेन्द्रनगरमा सुविधायुक्त सिटी बसपार्क निर्माण सम्पन्न भएको धेरै भयो । तर यो बसपार्क समयमै सञ्चालनमा नआउँदा वीरेन्द्रनगर नगरपालिकाले ठूलो घाटा बेहोर्दै आएको छ । हालसम्म नगरपालिकाले एक करोड रुपैयाँ घाटा बेहोरेको हो ।

निर्माण सम्पन्न भइसक्दा पनि बसपार्क सञ्चालनमा आउन नसक्दा हालसम्म एक करोड रकम घाटा भएको नगरपालिकाले जनाएको छ । समयमै बसपार्क सञ्चालनमा आएको भए व्यवस्थापन, मर्मत सम्हार र अन्य खर्च कटौती गरेर नगरपालिकाले बार्षिक रुपमा एक करोड आम्दानी गथ्र्यौ । तर बसपार्क सञ्चालनमा आउन नसक्दा वितेको आर्थिक वर्षमा एक करोड घाटा भएको नगरपालिकाको भनाइ छ । ‘निर्माण सकिए लगत्तै सञ्चालनमा आएको भए करोडौं आम्दानी गथ्र्याे, तर सञ्चालन र व्यवस्थापनमा विभिन्न बाध्यताहरु आए’ नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीले भने, ‘नगरपालिकाले चाहेर पनि समयमै बसपार्क सञ्चालन गर्न सकिएको छैन ।’

अघिल्लो वर्षको बैशाखमै निर्माणको काम सकिए पनि बसपार्क व्यवस्थापनका विषयमा जनप्रतिनिधिबीचको मनमुटाव, बसपार्क सञ्चालन कार्यविधि निर्माणमा भएको ढिलाइ, मुद्दा मामिला र लकडाउनका कारण बसपार्कसञ्चालनमा आउन सकेको छैन । बसपार्क सञ्चालनमा लागि नगरपालिकाले गएको असोजमा मात्रै बसपार्क सञ्चालन कार्यविधि तयार पारेको थियो । नगरपालिकाले गत मंसिर १६ गते नगरपालिकाले टेन्डर आव्हान गरेको थियो । टेन्डरपछि नगरपालिकाले पीआर कन्स्ट्रक्सनलाई बसपार्क सञ्चालनको जिम्मेवारी दिने तयारी गरेको थियो ।

तर नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई सुम्पिने तयारी गरेपछि रुष्ट बनेका अन्य व्यवसायीले गतवर्ष उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । बसपार्कमा पहिलादेखि नै विभिन्नव्यवसाय गरिरहेका ५४ जना व्यवसायीले नगरपालिकालाई पूर्वसहमतिको पालना नगरेको आरोप लगाउँदै बोलपत्र प्रक्रिया रद्द गर्न रिट दायर गरेका थिए । यदि मुद्दा मामिला नभएको भए र पीआर कन्स्ट्रक्सनले पनि समयमै सम्झौता गरेर बसपार्क सञ्चालन गरको भए नगरपालिकाले हालसम्म एक करोड ६५ लाख ३६ हजार रुपैयाँ आम्दानी गथ्र्याे ।

नगरपालिकाले गत माघदेखि बसपार्क सञ्चालनमा गर्ने तयारी गरेको थियो । मासिक २७ लाख ५६ हजार भाडा लिनेगरी माघदेखि नै पीआर कन्स्ट्रक्सनलाई बसपार्क सञ्चालनको जिम्मेवारी दिने तयारी गरेको थियो । तरअन्तिम सम्झौता हुन नपाउँदै विवाद अदालतमा पुगेपछि बसपार्क सञ्चालनमा बाधा परेको थियो । यही विवादका कारण तोकिएकै समयमा बसपार्क सञ्चालनमा आउने सकेको छैन । यद्यपी उक्त रिटमाथि गत फागुनमा उच्च अदालतले सुनुवाई गर्दै प्रतिस्पर्धा गराउने तर पुराना व्यवसायीलाई प्राथमिकता दिनु भनी फैसला गरेपछि विवाद समाधान भइसकेको छ । तर कोरोना भाइरसका कारण बसपार्क सञ्चालनमा ढिलाइ भएको नगरपालिकाले जनाएको छ ।

हाल नगरपालिकाले यो बसपार्कलाई आइसोलेसन सेन्टरका रुपमा प्रयोग गर्दै आएको छ । यद्यपी अब यातायात खुलेको र अवस्था सामान्य हुँदै गएको भन्दै नगरपालिकाले आउँदो भदौ महिनादेखि बसपार्क सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ ।

आज सम्झौता गर्ने अन्तिम दिन

वीरेन्द्रनगर नगरपालिकाले गत मंसिर १६ गतेको टेन्डर अनुसार यो बसपार्क सञ्चालनको जिम्मेवारी पीआर कन्स्ट्रक्सनलाई दिने तयारी गरेको छ । तर हालसम्म पीआरसँग सम्झौता भने भइसकेको छैन । नगरपालिकालका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार पीआरलाई सम्झौताका लागि आज (सोमबार) नगरपालिको बोलाएको छ । नगरपालिकाले मासिक २७ लाख ५६ हजार भाडा लिनेगरी गत माघदेखि नै पीआर कन्स्ट्रक्सनलाई बसपार्क सञ्चालनको जिम्मेवारी दिने तयारी थियो ।

तर अब पीआरसँग सम्झौता हुने वा नहुने भन्ने आज मात्रै टुङ्गो लाग्ने भएको हो । अदालतले गत फागुनमै बसपार्क सञ्चालन गर्ने बाटो खोलिदिएको थियो । तर अब पीआर बसपार्क सञ्चालनबाट बाहिरिएको खण्डमा क्रमसंख्या अनुसार दोस्रो नम्बरमा रहेको कम्पनीसँग सम्झौता हुनेछ ।

यदि दोस्रो पक्षले सम्झौता नगरको खण्डमा तेस्रो नम्बरमा रहेको कम्पनीलाई बोलाउने वा पुनः टेन्टर आह्वान गर्ने भन्ने विषयमा भने नगरपालिको नै निर्णय लिनेछ । यही साउन २५ गतेभित्र सम्झौता टुंगो लगाइसक्ने नगरपालिको जनाएको छ ।

विकास बजेट काटेर किस्ता तिर्दै नगरपालिका

सात करोडभन्दा बढी ऋण लिएर नगरपालिकाले यो सिटी बसपार्क निर्माणका ग¥यो । सम्झौता अनुसार नगरपालिकाले बार्षिक रुपमा ७० लाखभन्दा बढी रकम नगर विकास कोषलाई किस्तामा ऋण तिर्नुपर्छ । गएको आर्थिक वर्षमै बसपार्क सञ्चालनमा आएको भए त्यहीबाट आएको आम्दानीले किस्ता तिर्न सकिन्थ्यो । तर बसपार्क समयमै सञ्चालन गर्न नसक्दा गएको आर्थिक वर्षमा नगरपालिको विकास बजेट कटौती गरेर ऋणको किस्ता तिरेको हो ।

नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा ९० लाख रुपैँयाँ कोषलाई किस्ता वापतको रकम तिरेको छ । जसमध्ये ७५ लाख सावा र १५ लाख ब्याज हो । समयमै बसापार्क संचालनमा ल्याउन नसक्दा नगरपालिकाले घाटा बेहोर्दै आएको हो ।

नगर विकासलाई अझै पाँच करोड ऋण तिर्न बाँकी

यो बसपार्क निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले लिएको ऋणमध्ये अझै पाँच करोड रुपैयाँ तिर्न बाँकी छ । बसपार्क निर्माणका लागि नगरपालिकाले सात करोड दुईलाख रुपैयाँ नगरविकास कोषबाट ऋण लिएको थियो । जसमध्ये पाँच करोड ऋण तिर्न बाँकी छ ।

कोषलाई नगरपालिकाले हरेक वर्ष किस्ता गरेर ऋण तिर्दै आएको छ । बसपार्ककै आम्दानीबाट बार्षिक एक करोड ऋण चुक्ता गर्न सकिने नगरपालिकाले आँकलन गरेको थियो । तर हालसम्म नगरपालिकाले समयमै बसपार्क सञ्चालन गर्न नसक्दा विकास बजेट काटौती गरेर ऋण तिर्नु परेको हो । चाङ्मिलारनर सिंह जेभीले चार वर्षमा सात करोड ४४ लाख रुपैयाँमा बसपार्क निर्माणको काम सकेको थियो ।

बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउन्टर, शौचालय र पार्किङस्थल निर्माण गरिएको छ । बसपार्कमा साना– ठूला गरी एकसय २० वटा गाडी अट्ने आँकलन गरिएको छ । यद्यपी बस व्यवसायीहरुले भने बसपार्क सानो भएको बताउँदै आएका छन् । सुर्खेतबाट विभिन्न १३ वटा यातायात व्यवसायीहरुले कर्णाली प्रदेश लगायत देशका विभिन्न जिल्लामा बसहरु सञ्चालन गर्दै आएका छन् ।

सिटी बसपार्क संचालनमा अलमल, गुम्दै करोडौं आम्दानी, थपिदैं ऋण

सम्पादकीयः यात्रामा सावधानी

सिटी बसपार्क संचालनमा अलमल, गुम्दै करोडौं आम्दानी, थपिदैं ऋण

छात्रवृत्तिको रकममा अनियमितता

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds