चोरी कार्यमा संलग्न पक्राउ

दुर्गा विसी ।

सल्यान, १२ साउन ।

सल्यान पश्चिम क्षेत्रमा विगत लामो समय देखि चोरीमा संलग्न बनगाड कुपिण्डे नगरपालिका वडा, १० थापाचौर निवासि मोहन घर्तीलाई ईलाका प्रहरी कार्यालय सल्लिवजारले पक्राउ गरेको छ ।

गएराति नगरको वडा, ५ शंखपिपल वजारमा गोविन्द सुनार भे ७ प ५६३९ को नम्बरको मोटरसाइकिल चोरी गर्दै गर्दा भागेर वडा ३ को काँरागाउँ नजिकै भेरि किनारमा १ जनालाई पक्राउ गरेको छ भने नाम खुल्न नसकेका अर्को एक जना फरार रहेको जनाएको छ ।

विगत लामो समय देखि चोरिका विभिन्न घटनामा संलग्न रहेको र राजनीति उन्मुक्तिका कारण घर्ती पक्राउ पर्ने छुट्ने गरेका छन् । बनगाडका विभिन्न स्थानमा चोरीमा उनको संलग्नता रहेको प्रहरीको भनार्इ छ । राति ३ बजे मोटरसाइकल चोरी भएको सुचना पाए पछि इप्रका इन्चार्ज मिनवहादुर खड्काको टोलीले उनलाई पक्राउ गरेको हो ।

सिर्खलावद्द चोरीका घटनामा उनी नाइके हुनुका साथै विभिन्न अपराधमा पनि उनी संलग्न रहेको जनाएको छ । उनको साथमा विना नम्बरपेलटको पलसर वाइक पनि जवफ भएको छ । घर्तीलाई भने जिल्ला पठाउने तयारी भएको छ ।

चोरी कार्यमा संलग्न पक्राउ

विभिन्न अभियोगका फरार २० प्रतिवादी पक्राउ

चोरी कार्यमा संलग्न पक्राउ

सम्पादकीयः यात्रामा सावधानी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds