विभिन्न अभियोगका फरार २० प्रतिवादी पक्राउ

सल्यान, १२ साउन ।

सल्यान प्रहरीले विभिन्न अभियोगमा फरार २० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अभियोग र मुद्दा लागेपछि फरार भएका २० जनालाई घरमै लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार चेक अनादर मुद्दाका दुर्गा बहादुर गिरी, डिल्ली बहादुर थापा, डाँका मुद्दाका तुलेराम सारु, गाली–वेइज्ज्ती मुद्दा लागेका आशा राना, जारी मुद्दाका जय बहादुर राना, सम्बन्ध विच्छेद मुद्दाका एकलाल पुन र करकाप मुद्दाका टोप बहादुर डाँगी पक्राउ परेका छन् । यस्तै, शुक्रबार सवारी ज्यान मुद्दाका यज्ञ बहादुर बोहरा, मोहन के.सी., घनश्याम घर्ती, सम्बन्धविच्छेद मुद्दाका असारे सुनार, करकाप मुद्दाका चित्र बहादुर राना, नाता कायम मुद्दाका गणेश वली पक्राउ परेका छन् ।

बिहीवार लुटपाट मुद्दाका चन्द्र बहादुर वली, कुटपिट मुद्दाका नीम कुमारी घर्ती, सुनिता पुन, सम्झना पाण्डे, धनी घर्ती र विविध मुद्दाका प्रेम बहादुर खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । विभिन्न मितिमा सल्यान अदालतद्वारा फैसला सुनाइएका उनीहरुलाई घरमै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

विभिन्न अभियोगका फरार २० प्रतिवादी पक्राउ

अनुमति नलिएरै बाटो खनेको आरोपमा एक जना

विभिन्न अभियोगका फरार २० प्रतिवादी पक्राउ

चोरी कार्यमा संलग्न पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds