अनुमति नलिएरै बाटो खनेको आरोपमा एक जना पक्राउ

रामचन्द्र न्यौपाने

डोल्पा, १२ साउन ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेको छ । निकुञ्जको कोर क्षेत्रमा पर्ने छेप्का देखि माथि पर्ने ¥याची हुँदै अघिसम्म अनुमति नलिएरै बाटो खनेको भन्दै पक्राउ गरिएको प्रमुख संरक्षण अधिकृत सरोजमणी पाडेलले जानकारी दिए ।

“हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को नियम ३० मा उल्लेख भए अनुसार वन तथा वातावरण मन्त्रालयको अनुमति लिएरमात्र निकुञ्ज क्षेत्रमा विकास निर्माणका काम गर्न पाइने कानुनि प्रावधान छ,तर कुनै प्रक्रिया नपु¥याई निकुञ्जलाई झुक्यायर विकासको काम सुरु गरेको थाहा पाएपछि पक्राउ पुर्जीनै जारी गरिएको थियो” पौडेलले भने ।

“पक्राउ गरिए पनि बयान लिन बाँकी छ,घटनाको बिषयमा अनुसन्धान भइरहेकाले सबैकुरा भन्दा मिल्दैन्,कुन कारवाही हुन्छ भन्ने कुरा अनुसन्धान पछिनै खुल्ला”उनले थपे । स्थानीय स्रोत अनुसार पक्राउ पर्नेमा शे–फोक्सुण्डो गाउँपालिका अन्तर्गत छेप्का बस्ने नोर्बु लामा रहेको र उनले प्रदेश सरकारको बजेटबाट बाटो खनेको बुझिएको छ ।

बाटो खन्नका लागि कामदारहरु लैजाँदा पनि ब्यक्तिगत काम गर्ने भनेर निकुञ्ज कार्यालय लाई नै झुक्यायर लगेको निकुञ्जले जानकारी दिएको छ । संघिय सरकार अन्तर्गत पर्ने वन तथा वातावरण मन्त्रालयको नियम कानुन विरुद्ध काम गर्न लगाउने संस्था समेतलाई कारवाही हुनसक्ने तर्फ निकुञ्जले संकेत गरेको छ ।

अनुमति नलिएरै बाटो खनेको आरोपमा एक जना पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2077-04-12)

अनुमति नलिएरै बाटो खनेको आरोपमा एक जना पक्राउ

विभिन्न अभियोगका फरार २० प्रतिवादी पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds