एक सय २८ देशसँग व्यापार घाटा

काठमाडौं, ११ साउन ।

गएको आर्थिक वर्ष २०७६/०७७ मा नेपालको व्यापार घाटा ११ खर्ब ६४ करोड रुपैयाँ रहेको छ । नेपालले एक सय ५६ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । एक सय २८ वटा देशसँगको नेपालको व्यापार घाटामा रहेको छ । तर २८ वटा देशसँग भने नेपालको व्यापार नाफामा रहेको छ । तर ती देशसँगको व्यापार नाफा अति नै थोरै रहेको छ । २८ देशसँग नेपालको व्यापार जम्मा ५४ करोड २४ लाख रुपैयाँ नाफामा रहेको छ ।

यी हुन् नेपालको नाफा व्यापार रहेका २८ वटा देश–

यमन, ट्रिनिडाड एण्ड टिबागो, सियरा लियोन, नाइजर,  न्यु सेलेडोनिया, मौरिसस, मोनाको, मौरीसानिया, माल्दिभ्स, काजकिस्तान, ग्रीस,  इस्टोनिया, इस्ट टिमोर, डेनमार्क, क्रोयसिया, कोटे डे आइभोर, कङ्गो, केन्या, कोलम्बिया, चाड, क्यामरुन, बुरुण्डी, बोलिभिया, बोस्निया हर्जगोभिना, बहमास, अरमानिया, अल्जेरिया र अफगानिस्तान ।

चामल आयात मात्रै साढे ३३ अर्बको, १३ अर्ब रुपैयाँको मकै आयात !

नेपाललाई कृषिप्रधान देश भनिए पनि गएको आर्थिक वर्षमा झण्डै ५७ अर्ब रुपैयाँको खाद्यान्न मात्रै भित्रिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५६ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको खाद्यान्न भित्रिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा भन्दा गएको आर्थिक  वर्षमा धान, चामल, मकै, कोदो,जौ गहुँलगायतका खाद्यान्न आयातमा पाँच अर्ब रुपैयाँ धेरै रकम बाहिरिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ५१ अर्ब ८० करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो ।

(उज्यालो अनलाइनबाट साभार)

एक सय २८ देशसँग व्यापार घाटा

गाउँपालिका अध्यक्षद्धारा पत्रकारलाई ज्यान मार्ने धम्की

एक सय २८ देशसँग व्यापार घाटा

तीन हप्तामा माग पूरा नभए फेरि अनशन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds