मेराे आँखा निको बनाइदिनुस : बालक

कृष्णप्रसाद अधिकारी
दैलेख, ९ भदौं ।
दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं. ५ का १० बर्षिया बालकको आँखामा समस्या हुदाँ आँखाको नानिनै बाहिर निस्केको छ । गएको चैत्र महिनामा एकासी आँखा चिलायो आँखा चिलाएपछि आखाँमा चिसो पसेर आँखा चिलाएको हुन सक्ने ठानेर घर परिवारले त्यति ध्यान दिएनन् दिन बित्दै जाँदा आँखा सञ्चो हुनुको साटो झनै आँखा सुनियर आयो गाउँमै धामीझाँक्रिको भरमा ४/५ महिना बितिसकेको थाहानै पाएनन्, गाउँमा केही नलागेपछि आर्थिक अवस्था न्युन भएका परिवारमा छट्पटी सुरु भयो ।
दाँया आखाँको माथिको भाग सुनियर बाहिर निस्केको ६ महिनासम्म पनि आँखाको उपचार हुन सकेको छैन् । आँखाको उपचारको लागि परिवारले लाखौ रुपैयाँ खर्च गरिसकेका छन् । आँखाकै उपचारको लागि सुर्खेत, नेपालगञ्ज, काठ्माण्डौका ठुला अस्पतालमा समेत आँखाको उपचारको लागि छोरालाई लिएको र सबै चिज पैसानै भएको कारण आफ्नो छोराको दायाँ आँखाको अप्रेसन गर्ने नसकिएको १० बर्ष भुवन खत्रीकी आमा पबित्रा खत्रीले बताइन् ।
आँखाको उपचारमा लिइरहदा आँखामा मासु पलाएर समस्या भएको र आँखाको अप्रेसन गनुपर्ने अस्पतालले जनाएको छ । भुवनका बुवाको अवस्था झनै गाह्रो छ केही समय अघि कामको सिलशिलामा भारतमा जाँदा सिम्लामा काम गर्ने सिलसिलामा लडर उनको ढाडमा भाँचिएको कारण ढाडको उपचारको लागि मात्र करिब ४ लाख रुपैयाँँ खर्च भैसकेको पारिवारतले जानकारी दिएको छ ।
कक्षा–५ मा पढ्ने खत्रीको आँखा उपचारको लागि दुल्लु नगरपालिका वडा नं ५ ले २ पटक गरी करीव ४५ हजार रुपैयाँ खर्च गरेको छ । २ पटक उपचार गर्दा घर परिवारको र वडाको पैसाले सम्भव नभएपछि उनी दुल्लु नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सबैले आँखाको उपचारको लागि करिव ५० हजार रुपैयाँ उठाएर उनको उपचारको लागि काठमाण्डौँसम्म जानको लागि एम्बुलेन्स र आवश्यक सहयोगको लागि सिफारीस गरिएको दुल्लु नगरपालिका मेयर घनश्याम भण्डारीले बताए ।
पिडाले छट्पटिएका १० वर्षिय वालकलाई लायन्स क्लब अफ दुल्लुले नगद २५ हजार सहयोग गरेको थियो । नेपालगंजस्थित फत्तेवाल आँखा अस्पतालले उनलाई आँखाको ट्यूमर हुन सक्ने भएकोले काठ्माण्डौ रिफर ग¥यो । १० वर्षिय बालकको यस्तो दयनीय अवस्था देखेपछि लायन्स क्लब अफ दूल्लुले सानो सहयोगले काठ्माण्डौ जानको लागि सहज होस भन्ने उद्देश्यले सहयोग गरेका क्लवका प्रथम उपाध्यक्ष कपिल खनालले जानकारी दिएका छन् ।
उनको उपचारको लागि दैलेखी सेवा समाजले साथ दिएको छ । उनलाई सहयोग गर्ने चाहाने जो सुकैले दैलेखी सेवा समाजका अध्यक्ष प्रताव शाहीको मोवाइल नं. ९४९८६५३१४ र धर्वेन्द्र शाहीको मोबाइल नं. ९८४१४१९६० मा सम्पर्क गर्न सकिने जनाइएको छ ।






