बाख्रा चराउन गएका दुई बालक कर्णालीमा बेपत्ता

दैलेख, ९ भदौं ।
कर्णालीमा नदीमा बगेर दुई बालक बेपत्ता भएका छन् । दैलेखको आठबिस नगरपालिका वडा नम्बर ४ भेल्तडीका दुई बालक नदीमा बगेका हुन् । मंगलबार दिउँसो पौडी खेल्नेक्रममा उनीहरु नदीमा बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नदीमा बेपत्ता हुनेमा १४ वर्षका भरत माझी र १३ वर्षका विनोद माझी छन् । स्थानीयका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएका थिए ।
घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको स्थानीयले जनाएका छन् । नदीमा बेपत्ता भएका बालको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । स्थानीयले पनि खोजी कार्य जारी राखेको दैलेखका डीएसपी हरिबहादुर वलीले जानकारी दिए । नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खोजीमा खटाइएको छ ।






